काठमाडौं । मह संचारको व्यानरमा नयाँ फिल्म बन्ने घोषणा गरिएको छ । फिल्मको नाम हो ‘दाल, भात तरकारी’ हास्य बिधाको फिल्म ‘दाल भात तरकारी’को औपचारिक निर्माण घोषणा भएको हो । मह संचारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता छन् । फिल्मको बुधवार राजधानीमा पत्रकार सम्मलेनका साथ औपचारिक निर्माणको घोषणा गरिएको छ ।
मल्टिस्टार ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, वर्षा राउत, पुष्प खड्का, स्वस्तिमा खड्का, राजाराम पौडेल, बसुन्धारा भुषाल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ ।
फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्ने छन्। यस अघि उनले २ हलिउड फिल्ममा सह–निर्देशकको रुपमा काम गरेका थिए। यो सुदनको डेव्यु निर्देशन हुने छ ।
आउदो मंसिर पहिलो साताबाट छायांकनका लागि फ्लोरमा जाने तयारीमा रहेको फिल्म २०७६ बैशाख १३बाट सार्वजनिक प्रदर्शन गरिने बताइएको छ ।