धनकुटा । १ नं. प्रदेशको राजधानी धनकुटा नबनाएको भन्दै धनकुटेली जनताले एक घण्टा चक्का जाम गरेका छन् । विरोध स्वरुप धनकुटेली जनताले मंगलवार दिउँसो १२ देखि १ बजेसम्म धनकुटा–७ जिरोप्वाइन्टमा एक घण्टा चक्का जाम गरेका हुन् ।
धनकुटा प्रादेशिक राजधानी निर्माण अभियान समितिको नेतृत्वमा चक्का जाम गरिएको थियो । प्रादेशिक राजधानी नबनाई धनकुटाको अस्तित्व, पहिचान र इतिहास समाप्त गरिएको संयोजक सुन्दरवावु श्रेष्ठले बताए ।
आन्दोलनमा उत्रिएका धनकुटा वासीले जिरोप्वाइन्ट नाराजुलुस लगाउँदै कोण सभा समेत गरेका थिए । त्यस्तै आजै (मंगलवार) बेलुका ७ बजेदेखि ८ बजेसम्म ब्लाक आउट (बक्ति निभाउने कार्यक्रम) गर्ने समेत जनाइएको छ ।
समितिको वैठकले चक्का जाम गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । वुधवार दिउँसो ३ देखि ४ बजेम्म जिरोप्वाइन्टमा चक्का जाम गर्ने निर्णय गरिएको अभियान्त विजयसन्तोषी राईले बताए ।