नेपाल महिला संघ, धनकुटाले धनकुटा अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरेका छन् । संघले आफ्ना संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ स्व. मंगला देवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण गरिको संघकी अध्यक्ष तथा सांसद लीला सुब्बाले जानकारी दिईन ।
संस्थापक अध्यक्ष सिंहको २३ वर्ष अघि आजैको दिन निधन भएकी थिईन । फलफुल वितरण पछि आयोजित कोणसभामा संघकी जिल्ला अध्यक्ष सुब्बाले नेपालमा लोकतन्त्र स्थापनाका लागि स्व. सिंहले लामो समय आन्दोलन गरेको जानकारी दिईन । अध्यक्ष सुब्बाले राणशासनकालमा महिलाहरु घरबाट निस्कन सक्ने अवस्था नभएको समयमा देशमा निरंकुश राणाशासन ढालेर लोकतन्त्र स्थापनाका लागि स्व. सिंहले गरेकी आन्दोलन आमनेपाली महिलाहरुका लागि प्रेरणा भएको बताईन ।
फलफुल वितरण कार्यक्रममा संघकी टिकादेवी भण्डारी, सुमना तिम्सिाना, वडा नं. ५ कि जननिर्वाचित महिला वडा सदस्य, संघकी पदाधिकारीहरुलगायत नेपाली कांग्रेसका उपसभापति नवीनकिशोर शाक्य, कोषाध्यक्ष दिनेश राईको उपस्थिति रहेको थियो । संघकी अध्यक्ष सुब्बाले फलफुल वितरण गरेका कार्यक्रम शुरु गरेकी थिईन ।