धनकुटा । जिल्ला कारागारममा विभिन्न अभियोगमा सजाय भोगिरहेका कैदी तथा बन्दीहरुको आँखा जाँच गरिरहेको छ । सो जाँच नेपाल नेत्र ज्योती संघले गरेका हुन् ।
विविध कार्यक्रमसहित संविधान दिवस मनाउने क्रममा आँखा परिक्षण गरिएको हो । कारागारका ५९ जना कैदीबन्दीहरुको आँखा जाँच गरिएको नेपाल नेत्र ज्योती संघ आँखा परिक्षण ब्यवस्थापन तथा समन्वय समितिका संयोजक विजयसन्तोषी राईले जानकारी दिए ।
सो आँखा जाँच कार्यक्रम संघका अध्यक्ष द्रोणप्रसाद गुरागाईको अध्यक्षतमा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, प्रहरी उपरीक्षक सुर्दशनप्रसाद कोईराला, बरखगणका सेनानी सुरेन्द्रबहादुर कार्की, नापी कार्यालयका प्रमुख मिथलेश यादव, नेपाल नेत्र ज्योती संघ धनकुटाका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, कारागारका प्रमुख रामप्रसाद नेपाललगायत कारागारका कैदी बन्दीहरुको सहभागिता रहेको थियो ।
नेपाल नेत्र ज्योती संघ धनकुटा डा. रामप्रसाद पोखरेल आँखा अस्पतालका नेत्र स्वास्थ्य प्राविधिक डोनराज गुरुङ्गको नेतृत्वमा रहेको नेत्र स्वास्थ्यकर्मी टोलीले आँखा परिक्षण गरिएको थियो ।