धनकुटा न्युज, १४ पुष । धनकुटामा जारी प्रथम सहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया महिला गोल्डकपको आज भएको खेलमा विभागीय टिम नेपाल प्रहरी क्लब विजयी भएको छ । नेपाल पुलिस क्लवले बसाह राईजिङ क्लब उदयपुरलाई शून्यका विरुद्ध ५ गोल गरेको छ ।
सो जितसँगै पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । सो खेलमा खेलको पाँचौ मिनेटमा नै पुलिस क्लवका निशा सुनुवारले गोलको खाता खोलेका थिए । पहिलो हाफमा पुलिस क्लवले धेरै पटक पोष्टमा आक्रमण गरेपनि गोलमा परिणत गर्न सकेनन् । दुई पटक पुलिस क्लवले गोल गर्ने अवसर गुमाए ।
पहिलो हाफमा रक्षात्मक खेलेका उदयपुर दोस्रो हाफमा भने पुलिसको अगाडि निरिह बनेका थिए । दोस्रो हाफमा पुलिसले ४ गोल गर्न सफल बन्यो ।
दोस्रो हाफमा भने पुलिसले ४ गोल गर्न सफल भयो । निशा सुनुवारले २ तथा रञ्जिता गुरुङ र अमृता जैसीले एक एक गोल गरिन् । खेलमा निशा सुनुवारले ह्याट्रिक गर्दै वुमेन अफ दि म्याच बनिन् । उनलाई सो पुरस्कारनगर प्रमुख चिन्तन तामाङले प्रदान गरेका थिए ।
सेमिफाईनलमा पुलिस क्लवले खेलको पहिलो विजेता सशस्त्र प्रहरी वलको एपीएफ क्लवसँग पर्सी १६ गते हुने आयोजक समितिका संयोजक सन्देश आठपहरियाले जानकारी दिए ।
भोलीको खेल आयोजक धनकुटाकाविरुद्ध रौतहट फुटवल क्लवका वीच हुने सुरेन्द्र आठपहरियाले जानकारी दिए । खेल दिउसो ठीक २ वजेर ४० मिनेटमा हुने उनले जानकारी दिए । भोलीका विजेता टिमले दोस्रो खेलका विजेता त्रिभुवन आर्मी क्लवसँग १७ गते हुने छ ।
प्रतियोगिता किरात आठपहरिया समाजको आयोजनामा भैरहेको छ । प्रतियोगिताका लागि मुख्य सहयोग धनकुटा नगरपालिकाले गरेको संयोजक सन्देश आठपहरियाले जानकारी दिए ।