धनकुटा । सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठको ८३ औं जन्मदिन राहत वितरण गर्दै मनाएको छ । सो अवसरमा श्रीपञ्चमी पार्कमा अवस्थित द्वन्द्वपीडित वालवालिका पुनस्र्थापना केन्द्रमा आश्रय लिईरहेका अनाथ वालवालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।
सो सामग्री सहिद श्रेष्ठका बहिनी धरान निवासी बेला श्रेष्ठ तथा भद्रपुर निवासी प्रभा श्रेष्ठले केन्द्रलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको सामग्रीहरुमा २५ केजीको मन्सुरी चामल एक बोरा, मुसुरी दाल ५ केजी र चना २ केजी रहेको सहिद श्रेष्ठका ज्येष्ठ सुपुत्र मनोजनारायण श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा सहिदपुत्र श्रेष्ठले अब देशमा सबैप्रकारका द्वन्द्व समाप्त भई स्थायी शान्ति कायम होस् भनि कामना गरे । उनले अब कोहि पनि वालवालिकाहरु द्वन्द्व तथा कुनैपनि कारणले अनाथ हुनु नपरोस् भनि कामना गरे । उनले आगामी दिनमा पनि यो केन्द्रमा आफ्ना परिवारले सकेको सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।