• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ ९, २०७७ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्छ ः सिटौला

Dhankuta News by Dhankuta News
२०७६, २२ पुष मंगलवार १२:२०
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter
गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्छ ः सिटौला

धनकुटा । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्ने बताएका छन् । सो कुरा उनले मौनाबुधुकमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसन चौबिसे गाउँपालिका, सहिदभूमि र साँगुरीगढी गाउँपालिका समितिको संयुक्त पदस्थापन कार्यक्रम बताएका हुन् ।

सो अवसरमा कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले गिरिजाप्रसाद कोईरालाले शान्ति प्रक्रियाको जग हाल्नु भएकालेनै मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको वताउँदै देशमा र कांग्रेसभित्र समेत सहमति, सहकार्य र एकताबाट मात्र अगाडि बढ्न सक्ने बताए ।
नेता सिटौलाले पार्टी एक बनाएर सबै कांग्रेसीजनको भावना बोकेर हिड्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका थिए । प्रतिपक्षी दलका नेता समेत रहेका सिटौलाले सरकारको आलोचना भन्दा अधिकांश समय पार्टी सभापतिलाई सम्झाउन तथा आग्रह गर्न समय खर्चिएका थिए । उनले वर्तमान सरकारकै कारण लोकतन्त्र र संघीयता जोखिममा परिरहेको समयमा लोकतन्त्रको रक्षाका लागि कांग्रेस एक हुनु पर्ने समयमा आफै किचलोमा फस्नु दुखद रहेको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्दै ओली सरकार अधिनायकबाद तर्फ लागेकोले कांग्रेस अव नागरिक स्वतन्त्रको पक्षमा अग्रसर भएको बताए । उनले सरकारको अधिनायकवादतर्फको कदम रोक्न कांग्रेस एक हुनुपर्ने समय आएको बताए । नेता कोईरालाले साथी रिझाउने नाममा पार्टी नेतृत्वले पार्टी कमजोर बनाएको बताए । उनले प्रदेशको नाम र राजधानीको विषयमा प्रदेश संसद निर्णय गर्नुपर्नेमा नेकपाको सचिवालयले गरेकोले नेकपा अधिनायकवाद तिर लागेको प्रष्ट हुने बताए । उनले नेपाली सेना नमानेका कारणले मात्रै सरकारले चलाउन नसकेको र त्योबाहेक सबै सरकारले चलाएर तहसनहस बनाएको बताउँँदै सरकार काण्डकाण्डैमा मुछिएको आरोप लगाए । उनले पार्टी सभापति एकलौटी ढंगले चलेकाले कांग्रेसमा समस्या आएको बताउँदै पार्टी सभापति देउवालाई गिरिजाप्रसाद कोइरालाको भनाइ अनुसार सहमति, सहकार्य र एकतालाई लिएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा फाउन्डेसन चौबिसे, सहिदभूमि र साँगुरीगढी गाउँपालिका समिति र वडा संयोजकहरुलाई फाउन्डेसन प्रदेश १ अध्यक्ष इन्दिरा थापाले पदस्थापन गराएकी थिइन् । सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, तेह्थुमका सभापति केदार ढुंगाना, महासमिति सदस्य आनन्दसन्तोषी राई, उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोलगायतले कांग्रेसको नेतृत्वमा विकास र समृद्धीको अभियान सफल हुने बताए ।
फाउण्डेशन प्रदेश अध्यक्ष इन्दिरा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, कमोट फागो, शिक्षक संघ प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाली कांग्रेस जिल्ला सदस्य हर्कमान चेम्जोङ, क्षेत्रीय सभापति जितेन्द्र राई, छथरजोरपार्टीका सभापति छत्र सुब्बा, महालक्ष्मीका सभापति ध्रुवराज राय, सहिदभूमीका सभापति तिर्थ राईलगायतले राजनीतिक क्रान्ति पुरा गरेको कांग्रेसले अब आर्थिक क्रान्तिको नेतृत्व गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको संचालन महासमिति सदस्य दुर्गाबहादुर सुबेदीले गरेका थिए ।

सो अवसरमा सहिद परिवार, प्रजातन्त्र सेनानी, ज्येष्ठ कांग्रेसीहरुलाई सम्मान गरिएको थियो । यस्तै विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका २६ जनालाई केन्द्रिय नेताहरु सिटौला, शेखर कोईराला, जिल्ला सभापति अग्नीप्रसाद पौडेल, महासमिति सदस्यहरु आनन्दसन्तोषी राईलगायत फुलमाला अविर टिका लगाई स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेको प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्राकृतिक जोखिमबाट बच्न किसानहरुले कृषि तथा पशु वीमा गर्न आवश्यक

Next Post

सातै तहमा नेपाली कांग्रेसको सम्मेलन सम्पन्न

Next Post
सातै तहमा नेपाली कांग्रेसको सम्मेलन सम्पन्न

सातै तहमा नेपाली कांग्रेसको सम्मेलन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

January 19, 2021
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

January 19, 2021
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

January 18, 2021
तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

January 12, 2021
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • रोचक
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..