धनकुटा । नेपाल प्रेस युनियन सुनसरीले नोेवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन पत्रकार महासंघ धनकुटा शाखालाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराएको छ । लकडाउनको समयमा समेत पत्रकारहरु फ्रन्टलाईनमा बसेर समाचार संकलन गर्ने क्रममा हिडिरहनु पर्ने भएकाले महासंघमार्फत वितरण गर्न सो सामग्री उपलब्ध गराईएको हो ।
सुनसरी शाखाले सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, सेनेटाइजरलगायतका सामग्री प्रदान गरेका छन् । समाचार संकलनका क्रममा पत्रकार उच्च जोखिममा रहने गरेकोले त्यसबाट जोगिनका लागि धनकुटाका पत्रकार तथा मिडिया हाउसलाई सामग्री प्रदान गरिएको प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले जानकारी दिए ।
सो सामग्री प्रेस युनियन सुनसरीको तर्फबाट सुमन गुरागाईले नेपाल पत्रकार महासंघ धनकुटाका कार्यबाहक अध्यक्ष नगेन्द्र राईलाई हस्तान्तरण गरेको थियो । सो अवसरमा युनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राईको पनि उपस्थिति रहेको थियो । उपाध्यक्ष राईले सो सामग्री धनकुटा र संखुवासभामा उपलब्ध गराईदिएकोमा धन्यवाद दिए ।
हस्तान्तरण गरिएका ती सामग्रीहरु युनियनका सुनसरी सभापति अधिकारीले निजी लगानीमा खरिद उपलब्ध गराईदिएको गुरागाईले जानकारी दिए ।