धनकुटा भदौं १४ । कोरोना भाईरस संक्रमण नियन्त्रण भन्दा वाहिर गई समुदायमा फैलदै गएकोले आफै सुरक्षित भई कोरोना विरुद्ध लड्न नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती प्रकाशित गरी अनुरोध गरेको छ । महामारीको रुपमा कोरोना भाईरस (कोभिड १९) दिनप्रदिन फैलिईरहेकोले समुदायस्तरमा फैलन नदिन कसैको मुख नताकी आफै लाग्न पार्टी सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा अपिल गरेका छन् ।
कोरोना भाईरसले फैलिदै गई आतंकित र त्रसित बनाएकोले जिल्लावासीलाई यस विपतको घडीमा संयमित भै अविचलित रुपमा यस महाविपत्तिको सामाना गर्न विज्ञप्तीमा आग्रह गरेको छ ।
सरकारको अकर्मणता र अदुरदर्शीताका कारण कोरोना भाईरस नियन्त्रणबाहिर गई तीव्र रुपमा फैलदै गएकाले आरोप लगाईएको छ । सरकार कोरोना भाईरस नियन्त्रण गर्न पूर्ण रुपमा असफल भएकाले अब सरकारको मुख नताकी आफु बच्न र अरुलाई पनि बचाउन आफै सचेत हुन विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।
धनकुटा जिल्लामा १ हजार ५ सय ९३ जनाको पीसीआर परिक्षण गरिएकोमा ३९ जना अहिलेसम्म कोरोना भाईरस संक्रमित पाईएको छ । थप फैलन नदिनका लागीसामाजिक दुरी कायम गर्न, माक्स अनिवार्य लगाउन र सावुन पानी वा सेनिटाईजरले हात वारम्वार धुन कांग्रेसले आग्रह गरेको छ ।
यो महाविपत्तिविरुद्धको महायुद्धमा ओहरात्र खटी अदम्य साहसका साथ क्रियाशील चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकताहरु, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, व्यवसायी तथा आम धनकुटावासीहरुलाई विज्ञप्ती मार्फत धन्यवाद दिएको छ ।