धनकुटा २२ भाद्र । कारोना भाईरसको जोखिम बढेसँगै धनकुटा उद्योग वाणिज्य संघले स्वास्थ्य संस्थाहरुलाई सुरक्षित सामग्री प्रदान गरेको छ । संघले कोशी अञ्चल आयुर्वेद औषधालय र दुई निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सो सामग्री प्रदान गरेको हो ।
संघले आयुर्वेद औषधालयलाई एक सेट पीपीई, चार थान फेस शिल, माक्स प्रदान गरेको हो । यस्तै जनभावना होमियोप्याथिक हस्पिटल र हलेशी डेण्टल हस्पिटललाई फेस शिल र माक्स लगायत सुरक्षित सामग्रीहरु संघका अध्यक्ष विजयसन्तोषी राईले प्रदान गरेका थिए ।
सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, डिजेश शाक्य, लिजा श्रेष्ठ, अम्बिका धमला, सदस्य विपीन थापालगायतको उपस्थिति रहेको थियो । आयुर्वेद औषाधलयका डा. उमेश महतो, जनभावना होमियो प्याथिकका डा. खगेन्द्र कटुवाल, हलेसी डेण्टलका संचालक तथा स्वास्थ्यकर्मीहरुलाई सो सामग्रीहरु प्रदान गरिएको थियो ।
जनभावना होमियोप्याथिक र हलेसी डेण्टललाई यस अघिनै पीपीई र सुरक्षित सामग्रीहरु प्रदान गरेएको संघका वरिष्ठ उपाध्यक्ष तारा तितुङले जानकारी दिए ।