धनकुटा असोज २२ । धनकुटामा थप ६ जना कोरोना भार्ईरसबाट संक्रमित भएका छन् । हिजो १७ जना कन्ट्याक्ट ट्रेसिङमा गरिएको पीसीआर टेस्टमा ११ जनाको नेगेटिभ र ६ जनाको पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिए ।
पोजिटिभ देखिएकोमा नेपाल टेलिकम धनकुटाका २ जना, टेलिकम हिलेका १ जना, घरेलु तथा साना उद्योग कार्यालयका १ जना, धनकुटा वडा नं. ३, निगालेका १ जना र धनकुटा वडा नं. ४ का १ जना रहेका छन् ।