धनकुटा २६ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापालाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण भएको छ । हाल उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा डा. रक्षा पाण्डेको नेतृत्वको चिकित्सकहरुले उपचार गरिरहेको उनका छोरा सिद्धार्थ थापाले जानकारी दिए ।
नेता थापालाई केहि दिनदेखि ज्वरो आएकोले पीसीआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सिद्धार्थले जानकारी दिए । उनी गत हप्तामात्र धनकुटामा राजनीतिक काम सकेर फर्केका थिए । धनकुटाबाट फर्कनासाथ पीसीआर परिक्षण गर्दा नेगेटिभ आएको थियो ।
गत श्रावण १३ गते राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थापा राप्रपाका कार्यकताहरुलाई भेटघाट गर्न धनकुटा आएका थिए ।
त्यसपछि काठमाडौंमै दलको काममा व्यस्त रहेका नेता थापालाई लगातार ५ दिन जति ज्वरो आएको थियो । त्यसपछि पुनः पीसीआर परिक्षण गर्दा पोजिटिभ देखिएको सिद्धार्थले जानकारी दिए ।
हाल उनको स्वास्थ्य सामान्य रहेको सिद्धार्थले जानकारी दिए ।