• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सेवाग्राहीको भिड

Dhankuta News by Dhankuta News
२०७५, ८ कार्तिक बिहीबार २२:२७
0
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter
बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सेवाग्राहीको भिड

धनकुटा । पहुँच नहुनेहरुका लागि स्वास्थ्य सेवा मुलनाराका साथ बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर धनकुटामा सञ्चालन भैरहेको छ । कार्तिक ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने सो शिविरमा ७ गतेबाट शल्यक्रिया शुरु गरिएको छ । सो शिविरमा पहिलो दिन र आज गरी दुई दिनमा झण्डै तीन सय विरामीहरुले उपचार सेवा पाएका स्वास्थ्य शिविरका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए ।

जिल्ला अस्पतालमा सञ्चालित स्वास्थ्य शिविर अलोहा हवाई मिसन अन्तर्गत अमेरिकी ४० जनाको विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा दिईरहेको छ । शिविरमा शरीरका गाँठागुठी, हर्निया, हाइड्रोशिल, मुत्रथैलीको मुत्रनलीको पत्थरी, पित्तथैलीको पत्थरी, पायल्स, पाठेघर झरेको, पाठेघरमा मासु पलाएकोलगायतको शल्यक्रिया गरिएको संयोजक रोशेष श्रेष्ठले जानकारी दिए । श्रेष्ठकाअनुसार शिविरमा कृतिम हात लगाउने र दाँत सम्बन्धी उपचार समेत गरिने जानकारी दिए ।

शिविरमा पायल्स, पथरी, गाईनो, हर्निया, किसाईनस, लाईकोमा, जेनेरल तथा माइनर शल्यक्रिया गरिएका छन् । शिविरमा दन्तसम्बन्धि र हाथ नभएकालाई कृतिम हाथसमेत वितरण गरिएको छ । मेजर अन्तर्गत २४ जना र माईनर अन्तर्गत ४४ जनाको शल्यक्रिया गरिसकेको प्रचारप्रसार समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठकाअनुसार दन्तसम्बन्धि उपचार दुईसय ५ जना तथा एक जनालाई कृतिम हात गरिएको छ ।

सो शिविरमा एक पटकमा ४ जनाको मेजर अप्रेशन गर्ने व्यवस्था गरिएको स्वयम्सेवक परिचालन तथा सचिवालय समितिका संयोजक विजयसन्तोषी राईले जानकारी दिए । राईकाअनुसार शिविरमा धनकुटा सहित तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, सिरहालगायतका जिल्लाहरुका विरामीहरुले सेवा लिन आएका छन् । नेपालीहरुको महान पर्व दशैंको कारण पहिलो विरामीको चाप केहि कम भएपनि दोस्रो दिन चाप बढेको जानकारी दिए ।

सो शिविरको एक कार्यक्रमका वीच प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईले रिवन काटेर उदेघाटन गरेका थिए । सो अवसरमा सांसद राईले नेपाल सरकारले जनताको स्वास्थ्य उपचार सबै जिल्लामा गुणस्तरीय र सहज रुपमा गर्ने व्यवस्था मिलाउन लागि परेको बताए । उनले अहिले जिल्ला जिल्लामा सरकारले स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा अमेरिकी विशेषज्ञ धनकुटा आएर सेवा दिनलागेकोमा धन्यवाद दिए ।

यस्तै सो अवसरमा अमेरिकी चिकित्सक टोलीको प्रमुख विकास गुप्ताले पहिले ४ पटक धनकुटामा सफलतापूर्वक शिविर सञ्चालन गरिसकेको जानकारी दिदै यो पटक पनि आमधनकुटेली जनताको अपार माया, सद्भाव, स्नेह र सहयोगले सफल हुने विश्वास रहेको बताए । उनले शिविर अमेरिकी जनतासँग चन्दा उठाएर सञ्चालन गरेको जानकारी दिदै स्थानीय आयोजक समितिलाई कुनैपनि प्रकारको भत्ता र सुविधाको व्यवस्था नरहेको जानकारी दिए ।

सचिवालय समितिका संयोजक विजयसन्तोषी राईले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको समापन आयोजक समितिको संयोजक रोशेष श्रेष्ठले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा कृतिम हात जडान

Next Post

पोखरा प्रिमियर लिग : सोमपाल चम्किँदा पारस निरास

Next Post
पोखरा प्रिमियर लिग : सोमपाल चम्किँदा पारस निरास

पोखरा प्रिमियर लिग : सोमपाल चम्किँदा पारस निरास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..