धनकुटा २२ असोज । नेपाली कांग्रेस धनकुटा नगरका नेतृ निर्मला मिश्रको निधन भएको छ । उनको पार्थिक शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलीसाथ अन्त्येष्टी गरिएको छ ।
स्व. मिश्रको अन्त्येष्टी कार्यक्रममा कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु विष्णु पौडेल, गोविन्द वाग्ले, पुरेन्द्रलाल श्रेष्ठ, नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष ंगंगाराम ढंगाना, कांग्रेस धनकुटा नगर सदस्य गोकुल मिश्र, नेपाली कांग्रेस पूर्व जिल्ला सहसचिवहरु राजन पौडेल, दिपक गुरागाई, पूर्वजिल्ला सदस्य दिनेश भण्डारीलगायत कांग्रेस नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
धनकुटा असोज २२ । स्व. मिश्रले कांग्रेस धनकुटा नगर, नेपाल महिला संघको सदस्यको कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकी थिईन् । स्व. मिश्र २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिका वडा नं. ३ का महिला सदस्यको उम्मेदवार भएकी थिईन ।
स्व. मिश्र लामो समयदेखि मुटुसम्बन्धि रोगको उपचार गराईरहेकी थिईन । नेतृ मिश्रको ५५ बर्षको उमेरमा गएराती निधन भएको उनका पति शालिकराम मिश्रले जानकारी दिए । उनका श्रीमान् दुई छोरा र दुई छोरीहरु छन् ।
जिल्ला सचिव विजयसन्तोषी राईले स्व. मिश्र एक इमानदार र सामाजिक अभियान्त भएको बताउँदै उनको निधनले धनकुटा कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताए ।