धनकुटा । रुखको भाच्चिएर लाग्दा गम्भिर घाइते बनेकी एक महिलाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत धनकुटा–४ सल्लेरीमा सडक छेउमा रहेको शिरिषको रुख आफै भाच्चिएर लाग्दा गम्भिर घाइते वनेकी धनकुटा–१ हिलेकी ३० वर्षीय उषा तामाङको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले बताए ।
गम्भिर घाइते वनेकी तामाङलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो । अस्पताल ल्याउने वित्तिकै उनलाई डाक्टरले मृत घोषणा गरेको थियो । विहिवार दिउँसो उनी श्रीमानसँगै प्रदेश १–०२–०४९ प ६०४० नम्वरको मोटरसाइकलमा धनकुटाबाट हिलेतर्फ जाँदै गरेकी थिइन् । मोटरसाइकलमा सवार उनको श्रीमान आशिष तामाङ भने सकुसल छन् ।