काठमाडौं । शनिबार बिहान १० बजेर ४० मिनेट जाँदा ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रसुवा केन्द्रबिन्दु रहेको उक्त कम्पनको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।
२०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि परकम्प जाने क्रम रोकिएको छैन ।