धनकुटा । जिल्ला फुटवल संघ धनकुटाका उपाध्यक्ष मणीकुमार देवानले यूवा खेलाडीहरुलाई ९ थान फुटवल हस्तान्तरण गरेका छन् । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा शुक्रवार आयोजित एक कार्यक्रममा फुटवल संघका उपाध्यक्ष देवानले डाँडाबजार क्षेत्रका यूवाहरुलाई ९ थान फुटवल हस्तान्तरण गरेका हुन् ।
यूवाहरुलाई खेल क्षेत्रमा प्रेरित गर्ने उद्देश्यले फुटवल हस्तान्तरण गरेको उनले बताए । देवान डाँडाबजार फुटवल क्लवका कोषाध्यक्ष समेत हुन् । कार्यक्रममा ५ नं. वडाध्यक्ष खड्ग लिम्बूको समेत उपस्थित रहेको थियो । उनले सहयोग प्रति धन्यवाद दिए ।