• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेत्रज्योती संघको प्रदेशस्तरीय प्रथम ऐतिहासिक कार्यशाला गोष्ठी सम्पन्न

Dhankuta News by Dhankuta News
२०७५, १८ चैत्र सोमबार २२:३५
0
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter
नेत्रज्योती संघको प्रदेशस्तरीय प्रथम ऐतिहासिक कार्यशाला गोष्ठी सम्पन्न

धनकुटा १८ चैत्र ।
नेपाल नेत्रज्योती संघ प्रदेश नम्वर १ को प्रदेशस्तरीय प्रथम तथा ऐतिहासिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सो भेलाले नेपाल नेत्र ज्योति संघको १ नम्वर प्रदेशको तदर्थ समिति अध्यक्ष गठन गरेको छ । सो समितिको अध्यक्षमा नेत्र ज्योति संघ संखुवासभाका सभापति श्याम सुन्दर उदासलाई चयन गरेको छ । सो सभामा प्रदेश नं. १ का ८ जिल्ला शाखाहरुबाट शाखा अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नव गठित प्रदेश समितिमा ८ वटै जिल्लाले सिफारिस गरेको प्रतिनिधि सदस्य रहने संघ धनकुटाका अध्यक्ष द्रोणप्रसाद गुरागाईले जानकारी दिए । गुरागाईकाअनुसार सो समितिले यथाशीघ्र प्रदेश सम्मेलन गरी नयाँ कार्यसमिति गठन गर्ने छ ।

सो अवसरमा प्रदेशका ८ वटै संघका जिल्ला अध्यक्षहरुले आआफ्ना जिल्ला शाखाको प्रगती प्रतिवेदन र समस्याहरु प्रस्तुत गरेका थिए । केन्द्रीय महासचिव श्याम पोखरेलले नेपाल नेत्र ज्योति संघका नीति तथा कार्यक्रम र कार्यकारी निर्देशक शैलेस मित्रले आँखा उपचारको अवस्था र अभियान र केन्द्रिय प्रवक्ता डा.घनश्याम भट्टराईले स्वास्थ्य ऐन लगायत विविध विषयमा प्रस्तुत गरेका थिए । उक्त कार्यशाला गोष्ठीले १ नम्वर प्रदेशमा राज्यका विभिन्न निकायहरु र सहयोगी संस्थाहरुको सहयोग तथा समन्वयमा अन्धोपन निवारणका लागी नयाँ रणनीतिका साथ अभियान संचालन गरी अन्धोपन निवारण गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको नेपाल नेत्र ज्योति संघ धनकुटाका प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिए ।

सो गोष्ठीको उद्घाटन प्रमुख अतिथि धनकुटाका प्रतिनिधि सदस्य राजेन्द्र राईले गरेका थिए । सो अवसरमा सांसद राईले १ नम्वर प्रदेशभर नै अन्धोपन निवारण गर्न नेत्रज्योति संघले बिशेष अभियान संचालन गर्नु पर्नेमा जोड दिए । उनले अहिलेको समयमा अब कोहि पनि अन्धोपनबाट पीडित हुनु नहुनेमा जोड दिए ।
कार्यक्रममा विशिष्ठ अतिथि तथा नेपाल नेत्र ज्योति संघका केन्द्रिय अध्यक्ष प्रा.डा.तीर्थप्रसाद मिश्रले नेपाल आँखाको उपचारमा आत्मनिर्भर भएको जानकारी दिए । उनले अन्य रोगको उपचारका लागि विदेश जानुपर्ने अवस्था रहेको भएपनि आँखा उपचारका लागि विदेशबाट नै विरामी आउने गरेको जानकारी दिए । उनले संघले अन्धोपन निवारण गर्न विशेष कार्यक्रमका साथ आँखा उपचार अभियान संचालन गरिरहेको जानकारी दिए ।

यस्तै केन्द्रिय सल्लाहकार तथा प्रतिनिधि सभाका सदस्य पदम नारायण चौधरीले आँखा जस्तो संवेदनशील र महत्वपूर्ण अंगको उपचारमा राज्यले पनि विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय केन्द्रिय कोषाध्यक्ष चेत कुमार मास्के र केन्द्रिय सदस्य सागर प्रतापा राणा धनकुटा शाखाको तर्फबाट सम्मान गरिएको संघ धनकुटाका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए ।
भेला नेपाल नेत्र ज्योति संघ १ नम्वर प्रदेशका संयोजक रवीन्द्र चौधरीको अध्यक्षतमा सम्पन्न भएको थियो । सो भेलामा प्रदेश सभा सदस्य निरन राई, धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, पूर्व सांसद मनोहरनारायण श्रेष्ठ, नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य सागर प्रताव राणा, दलहरुको तर्फबाट टिकाप्रसाद घिमिरे, सामाजिक संघसंस्थाहरुको तर्फबाट धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेलगायतले आँखा उपचारलाई राज्य तथा निजी क्षेत्रबाट समेत सहयोग गर्नु पर्ने विचार व्यक्त गरेका थिए ।

नेपाल नेत्र ज्योति संघ धनकुटा शाखाको संयोजनमा भएको कार्यक्रमको उद्देश्यमाथि संघ धनकुटाका अध्यक्ष द्रोण गुरागाईले प्रकाश पारेका थिए । यस्तै उपाध्यक्ष रोशेष श्रेष्ठले स्वागत मन्तव्य र कार्यक्रमको संचालन सचिव देव वहादुर खड्काले गरेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको सो गोष्ठीले प्रदेशभर अन्धोपन निवारण अभियान प्रभावकारी रुपमा संचालन गर्ने लगायत विभिन्न निर्णयहरु गर्दै प्रदेश प्रथम ऐतिहासिक भेला सम्पन्न भयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

चैतभित्रै जापान शाखाको स्थापना हुने, कामदार कसरी पठाउने भन्ने टुंगो लाग्न बाँकी

Next Post

धनकुटा पत्रकार महासंघले प्रभातफेरी र केक काटेर बनायो स्थापना दिवस

Next Post
धनकुटा पत्रकार महासंघले प्रभातफेरी र केक काटेर बनायो स्थापना दिवस

धनकुटा पत्रकार महासंघले प्रभातफेरी र केक काटेर बनायो स्थापना दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..