धनकुटा । जिल्लामा क्रियाशील पत्रकारहरुले प्रभातफेरी र केक काटेर नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवस मनाएका छन् । सहिद भीमनारायण चौकबाट शुरु भएको पत्रकारहरुको प्रभातफेरीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी नेपाल पत्रकार महासंघ शाखाको सभाहलमा आई दिवस मनाए । सो अवसरमा एक आपसमा शुभकामना बाड्दै समापन भएको थियो ।
महासंघका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष नगेन्द्र राईले र संचालन सचिव विदुर खवासले गरेका थिए ।
सो अवसरमा महासंघका १ नम्वर प्रदेशका उपाध्यक्ष स्मिता निरौला, नेपाल नेत्रज्योती संघ धनकुटाका अध्यक्ष द्रोण गुरागाई, महासंघ पूर्व अध्यक्षहरु विजयसन्तोषी राई, खगेन्द्र घिमिरे, प्रेस युनियनका अध्यक्ष हिमा चेम्जोङ्ग, प्रेस चौतारीका अध्यक्ष सन्तोष रुचाल, प्रेस सेन्टरका अध्यक्ष इश्वर थापालगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नेपाल नेत्रज्योती संघको ४१ औं स्थापना दिवससमेत परेकोले संघसँगको सहकार्यमा गत १३ गते पत्रकारहरुको निःशुल्क आँखा परीक्षण गरिएको थियो । सो परीक्षणमा ३२ जनालाई चश्मा लगाउनु पर्ने डा.राप्रसाद पोखरेल आँखा अस्पतालका प्राविधिक डोनराज गुरुङ्गले बताए । त्यसमध्ये १७ जनालाई सामान्य पावरको र बाँकी १५ जनालाई पावरको लगाउनु पर्ने प्राविधिक डोनराज गुरुङ्गले बताए ।
सोहि कार्यक्रममा नेत्रज्योती संघका अध्यक्ष द्रोण गुरागाईले चश्मा वितरण गरेका थिए । चश्मा जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई लगाईदिएर वितरणको शुभारम्भ गरेका थिए । नेत्रज्योती संघले पहिलो चरणमा १७ जनालाई चश्मा वितरण गरेको हो । बाँकी १५ जनालाई पछि वितरण गरिने नेत्रज्योती संघका सदस्य तथा शिविर सञ्चालन समितिका संयोजक विजयसन्तोषी राईले जानकारी दिए ।