धनकुटा । साथी बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । सो सभाको १ नम्वर प्रदेशका सांसद लिला सुब्बाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । सो अवसरमा उनले आर्थिक समृद्धी गरी गरिवी निवारण गर्न सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताईन् । उनले साथी सहकारी नामअनुसार व्यवसायीहरुको साथी बनेको भन्दै धनकुटाको आर्थिक विकासमा थप लगानीका अवसर अभिबृद्धि गर्न सुझाव दिईन् ।
सो साधारणसभाले संस्थाको जयन्द्र प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रोशेष श्रेष्ठ, सचिवमा विजयसन्तोषी राई, कोषाध्यक्षमा रुपेश श्रेष्ठ र सहसचिवमा अशिम शाक्य निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा सावित्री देवी श्रेष्ठ, टेकबहादुर डंगोल, कुमार श्रेष्ठ, कुशुम श्रेष्ठ जोशी र सुजाता श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए ।
त्यस्तैगरी लेखा समितिको संयोजकमा निर्वमान अध्यक्ष शैलेसमान श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा रोशन श्रेष्ठ र विन्दु प्रधान ताम्राकारलाई चयन गरेको निर्वाचन समितिका अधिकृत हरीबहादुर लम्जेलले जानकारी दिए ।
सो अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, राष्ट्रिय सहकारी विकास बैकका प्रवन्धक सिद्धीकुमार श्रेष्ठ, निगाले सिमेन्टका प्रवन्ध निर्देशक दिनेश पौडेल, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै साना उद्यमी व्यवसायीहरुको लागी सहकारी अभिन्न साथीको रुपमा रहेकोले सम्पन्न र समृद्ध समाज निर्माण गर्न सहकारी अभियान महत्वपूर्ण भएको बताएका थिए ।
तत्कालीन अध्यक्ष शैलेसमान श्रेष्ठको अध्यक्षतमा सम्पन्न उद्घाटन कार्यक्रममा लेखा समितिका संयोजक दिनेश राईले लेखा समितिको, सचिव विजय सन्तोषी राईले संस्थाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष रोशेष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तत्कालीन उपाध्यक्ष जयन्द्र प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ताको रुपमा नारायण प्रसाद घिमिरे र उत्कृष्ठ ऋणीको रुपमा शंकर चौधरीलाई पुरस्कृत गरिएको ऋण अधिकृत दिपिका प्रधानले बताईन । संस्थाले अहिले तीन करोड ५० लाख भन्दा बढीको आर्थिक कारोवार गरिरहेको जानकारी दिए । हाल संस्थाले दैनिक दुई लाख जति रकम संकलन गरी कारोवार गरिरहेको अध्यक्ष शैलेसमान श्रेष्ठले जानकारी दिए ।