धनकुटा १९ पुष । देशको स्थायी सरकार राष्ट्रसेवक कर्मचारीहरु भएकाले कर्मचारीहरुले विधि, विधान र कानूनको कार्यान्वयन गर्नु मुख्य दायित्व हो । सो कुरा आज नेपाल निजामती कर्मचारी युनियन संघको आयोजनामा भएको अन्तत्र्रिmया तथा बनभोज कार्यक्रममा सहभागीहरुले बताएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय सदस्य सोमप्रसाद कोईराला, निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोविन्द खत्रीले शुभकामना दिएका थिए ।
सो अवसरमा नेपाली कांग्रेस जिल्ला उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, धनकुटा नगर सभापति रोशन श्रेष्ठ, पूर्व जिल्ला सहसचिव राजन पौडेललगायतले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष खिरबहादुर बुढाथोकीको अध्यक्षतमा भएको कार्यक्रममा पूर्व अध्यक्ष हरी तिम्सिना, सचिव फडिन्द्र भण्डारी, केन्द्रिय प्रतिनिधि सुरज श्रेष्ठलगायत संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।