धनकुटा २५ माघ । नेपाल शिक्षक संघ छथरजोरपाटीको प्रतिनिधिसभा सम्मेलन सम्पन्न भएको छ । सो सभामा शिक्षकहरुको आस्थाका आधारमा विभेद् हुन नहुने र पेशागत अधिकार सुनिश्चित हुनु पर्ने लगायतका विभिन्न निर्णयहरु गर्दै तेस्रो प्रतिनिधि सभा सम्मेलन सम्पन्न भएको छ ।
उक्त सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, नेपाल शिक्षक संघका उपाध्यक्ष दिल कुमारी राई, नेपाली कांग्रेस छथरजोरपाटीका सभापति छत्र सुब्बा, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायतले शिक्षा नीतिमा आमुल परिवर्तन गरी शिक्षालाई उत्पादनमुलुक र व्यावसाियक बनाउनु पर्नेमा जोड दिएका थिए ।
सम्मेलन संघ छथरजोरपाटी कार्यसमितिका अध्यक्ष हरी प्रसाद दाहालको अध्यक्षतमा सम्पन्न भएको थियो । सम्मेलनमा प्रगति प्रतिवेदन सचिव खेमराज तिम्सिनाले र आर्थिक प्रतिवेदन अर्थ सचिव बलराम दाहालले प्रस्तुत गरेका थिए ।
सम्मेलनमा स्वागत मन्तव्य संघ पालिकाका उपाध्यक्ष धन बहादुर लिम्बुले र संचालन सदस्य विकास श्रेष्ठले गरेका थिए ।
उक्त सभाले सबै शिक्षकहरुलाई समान तलव तथा सेवा सुविधाहरु एकै प्रकारको हुनु पर्ने, आस्थाका आधारमा विभेद् गर्न नहुने, ट्रेड युनियन अधिकारको सुनिश्चित हुनु पर्ने र पेशागत हक अधिकार स्थापित हुनुपर्नेलगायतका विभिन्न निर्णयहरु गरेका छन् ।
सो अवसरमा शिक्षहरु आसन राई र धनकुमारी रेग्मीलाई संघका जिल्ला अध्यक्ष थिरेन्द्रबहादुर लिम्बुले संघको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए । उनीहरुलाई कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, संघ पालिकाका अध्यक्ष हरी प्रसाद दाहालले खादा ओढाएरस्वागत गरेका थिए ।