धनकुटा २१ चैत्र । धनकुटा कांग्रेसका अग्रज नेता स्वर्गीय होमनाथ सुवेदीको निधन भएको दुःखद घडिमा आज नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेको छ ।
सो समवेदना पत्र कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व जिल्ला सहसचिव राजन पौडेल, जिल्ला सदस्य रंगलाल रोयला, धनकुटा नगरपालिका वडा नं. ९ का सभापति प्रेम खत्री, सदस्य तथा वडाध्यक्षका उम्मेदवार सिताराम न्यौपानेलगायतका नेताहरुले बुझाएका थिए । सो अवसरमा धनकुटा कांग्रेसले एक अभिभावक र वडाले समाजसेवी गुमाएको भन्दै स्वर्गीय होमनाथ सुवेदी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए ।
स्वर्गीय सुवेदीका सुपुत्र तथा युवा नेता दामोदर सुवेदी नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ९ का पूर्वसभापति हुन । स्वर्गीय सुवेदीका ७६ बर्षको उमेरमा असमायिक निधन भएको थियो । २००१ साल चैत्र १० गते बेलहारामा जन्मिएका स्वर्गीय सुवेदीका श्रीमती चन्द्रकला सुवेदी र छोराहरु माधव सुवेदी, रमेश सुवेदी र दामोदर सुवेदी छन् ।