काठमाडौं । कोभिड १९ को त्रास फैलिइरहो बेला नेपालमा स्थानीय पनि संक्रमित बनेका छन् । यसअघि विदेशबाट आएका नेपालीलाई मात्र कोरोनाकोसंक्रमण देखिएको थियो ।
कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् । दुई जना बाहिरबाट आएका हुन् । धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजु हुन् । उनी ३४ वर्षीया महिला हुन् ।
लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।
भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।
यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै रहेकाहरुमा संक्रमण भेटिएको भने यो पहिलो पटक हो ।