धनकुटा १३ जेष्ठ । कोरोना भाईरसको संक्रमण बढेसँगै लकडाउनको सयम थपिदै गएको छ । अझै कहिलेसम्म हो भन्न सकिन्न । संक्रमण फैलिन नदिन दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु खरीद विक्री गर्न टायम कार्ड तोकिएको छ । तर, काही काही लागू नभएपछि यसलाई पूर्ण रुपमा पालना गरी अनिवाय गर्न धनकुटा उद्योग बाणिज्य संघले आज विज्ञप्ती प्रकाशित गरी आव्हान गरेको छ ।
कोरोनालाई फैलन नदिई नियन्त्रण गर्नका लागी लकडाउनलाई प्रभावकारी बनाउन धनकुटामा टायम कार्ड लागु गरिएको थियो । तर, केही व्यवसायीहरुले यसलाई पालना नगरेको पाईएकोले सलैलाई अनिवार्य रुपमा पालना गर्न संघका अध्यक्ष विजयसन्तोषी राईले विज्ञप्तीमार्फत आव्हान गरेको हो । दैनिक उपभोग्य सामग्रीहरुको विक्री वितरणलाई व्यवस्थित बनाउनका लागी प्रत्येक दिन विहान ६ बजेदेखि बिहान ९ बजेसम्म ३ घण्टा समय तोकिएको थियो । उक्त समयमा मात्र माश्क, सेनिटाईजर लगाई सामाजिक सुरक्षा दुरी कायम गरेर मात्र विक्रीवितरण गर्न संघले अनुरोध गरेको छ । सो समयमा किराना पसल, तरकारी पसल र निर्माण सामग्री सम्वद्ध पसलहरु मात्र खुल्ला रहने र अन्य सम्पूर्ण पसलहरु भने बन्द गरी सयहोग गर्नसमेत संघले अनुरोध गरेको छ ।
लकडाउनको समयमा पनि अत्यावश्यक सामग्रीहरु ढुवानी गर्न पास चाहिदैन । यस्तै निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधन सडकमा चाप नहोस् भनेर राती मात्र ढुवानी गर्ने व्यवस्था गरिएको समेत उक्त विज्ञप्तीमा उल्लेख छ ।
यस्तै विज्ञप्तीमा धनकुटामा पनि संक्रमण फैलिदै गएकोले हामी सवै सचेत र संयम हुदै आफु बच्न र अरुलाई पनि बचाउन लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । यस्तै तीनै तहका सरकार तथा सम्वन्धित सवै पक्षलाई पीसीआर परिक्षण प्रणालीलाई व्यापकता दिन आग्रह गरिएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, संचारकर्मीलगायत फ्रन्टलाईन रहेर काम गर्नुहुने सवैलाई सुरक्षा सामग्रीहरु तत्काल प्रदान गर्न समेत संघका अध्यक्ष विजय सन्तोषी राईले विज्ञप्ती मार्फत माग गरेका छन् ।