धनकुटा ४ भदौं । शहीदभूमी गाउँपलिकास्थित स्वास्थ्य कार्यालयमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाईरस पोजिटिभ देखिएको छ । ती स्वास्थ्यकर्मी कोरोना भाईरसको संक्रमण देखिना साथ आज बसेको गाउँपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको गाउँपालिकास्तरीय जोखिम व्यवस्थापन समिति (सिएमसी) को बैठकले गाउँपालिका शिल गर्ने निर्णय गरेको छ ।
गाउँपालिा अध्यक्ष राईले स्वास्थ्य कार्यालय क्षेत्र, पिप्लेदेखि थलथलेसम्म शिल गरिएको जानकार िदिए । उनले यो शिल अर्को सूचना जारी नभएसम्म कायम रहने जानकारी दिए ।
अध्यक्ष राईले भोली शुक्रवार ती स्वास्थ्यकर्मीसग सम्पर्कमा रहेका ४० जनाको पीसीआर परिक्षणका लागि स्वाव पठाईने जानकारी दिए ।
गाउँपालिकावासीहरुमा कोभिड १९ संक्रमण नियनत्रणका लागि यो निर्णय गरिएको जानकारी दिए । उनले समुदायस्तरमा भाईरस फैलिन सक्ने सम्भावना रहेकोले सबै गाउँपालिकावासीहरुमा सिएमसीको निर्णयलाई पालना गर्न आग्रह गरेका छन् ।