• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अविरल वर्षाले टुंडिखेलमा क्षति

Dhankuta News by Dhankuta News
२०७७, १ भाद्र सोमबार २१:३०
0
0
SHARES
218
VIEWS
Share on FacebookShare on Twitter
अविरल वर्षाले टुंडिखेलमा क्षति

धनकुटा १ भदौं । अविरल बर्षाले धनकुटा नगरपालिका वडा नं. ५ स्थित तल्लो टुडिखेलमा ठूलो क्षति पुगेको छ । बर्षाको पानी सिपेज भई प्याराफिटमा बग्दा टुंडिखेलको पर्खाल ढलेको छ भने प्याराफिटका केहि भाग धसिएको छ ।

करिव ३० रोपनी क्षेत्रफलमा फैलिएको सो टुंडिखेलमा पर्खाल र प्याराफिट ३ वर्ष अघिमात्र पुनर्निर्माण गरिएको थियो । करोडौंको लगानीमा पुनर्निर्माण गरिएको पछि टुंडिखेल आकर्षक देखीएको थियो ।

बर्षाले टुंडिखेलको पूर्वउत्तरतिर निर्माण भएको सडकसमेत भासिएको छ । कालोपत्र गरिएको सडकमा व्यवस्थित ढल निर्माण नहुँदा वर्षाको पानी सिपेज भई टुडिखेलमा क्षति भएको हो । यस्तै पश्चिम दिशातिर निर्माण गरिएको मञ्चसहितको जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पनि क्षति पुगेको छ ।

मञ्च अगाडिको जमिन भासिएको कारण कार्यालय भवन भित्रबाट पानी छिर्दा कार्यालयमा जोखिम बढेको छ । यस टुडिखेललाई थप स्तरीय तथा व्यवस्थित् बनाउन पश्चिमतर्फ थप प्याराफिट निर्माण भईरहेको जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख नवीन प्रधानले बताए ।

सम्भावित क्षतिलाई मध्यनजर गर्दै मञ्च छेउमा निर्माण गरिएको फुटबलको प्रतिमा निकालिएको फटवल प्रशिक्षक सुमन श्रेष्ठले जानकारी दिए ।

नेपालकै पहाडी जिल्लाहरुमा व्यवस्थित र सुविधा सम्पन्न फुटवल मैदानका रुपमा स्थापित यो टुंडिखेल निर्माणमा हालसम्म केन्द्र, प्रदेश र स्थानीय सरकारले करोडौं रुपैया लगानी गरिसकेका छन् । तर, पानी निकासको उचित व्यवस्था नहुदाँ खेलमैदान क्षति भएको छ । खेलमैदान निर्माणको लागी धनकुटा नगरपालिकाले आ.व.०७२÷०७३ मा ४५ लाख, आ.व.०७३÷०७४ मा ४७ लाख ६२ हजार चार सय ६८ रुपैयाँ, ०७४÷०७५ मा २६ लाख ४६ हजार, १ सय ७ रुपैयाँ खर्च गरेको थियो । यस्तै प्रदेश सरकारबाट आ.व.०७५÷०७६ मा ५० लाख, ०७६÷०७७ मा ६० लाख लगानी गरेको छ । यस अघि पनि लाखौं रुपयाँ यस खेलमैदानमा लगानी भैसकेको छ ।
खेलमैदानमा भएको क्षतिका वारेमा संघीय सांसद, प्रदेश सांसद, धनकुटा नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरुमा जानकारी गराई सकेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राईले जानकारी दिए । प्याराफिट तथा पर्खाल तत्काल मर्मत सम्भार नगरिए पछि ठूलो रकम लाग्ने अध्यक्ष राईले बताए ।

भासिएको सडकमा ठूलो भारबहनको सवारी साधन चलाए थप क्षति हुने जोखिम छ । यसअघि प्याराफिट २०४३ सालताका पनि भारी बर्षाले भासिएको तत्कालीन धनकुटा नगरपञ्चायतका प्रधानपञ्च तथा सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर प्रधानले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संघले नवीकरण शुल्कमा पचास प्रतिशत छुट दिने

Next Post

शहीदभूमी शि

Next Post
शहीदभूमी शि

शहीदभूमी शि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..