धनकुटा । एभोकाडो व्यवसायको आपूर्ति श्रृंखला सम्वद्ध वि टु वि र वि टु एस सम्वन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सो छलफल धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्राविधिक सहयोगमा भएको थियो ।
धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरिएसँगै उत्पादनमा बृद्धि भएको छ । आगामी दिनमा उत्पादन हुने एभोकाडोको बजारिकणका विषया व्यवसायीदेखि व्यवसायीहरु विचको सम्वन्ध तथा सम्पर्क बढाउने वारेमा छलफल भएको थियो । छलफलमा एभोकाडो व्यवसायी र कृषकहरुले सुझाव दिएका थिए ।
सो अवसरमा एभोकाडो उत्पादक कृषकहरुले एभोकाडोमा विभिन्न किसिमका रोगहरु देखा पर्न थालेकोले प्राविधिक सहयोग आवश्यक रहेको बताए । यस्तै व्यवसायीहरुले बजारको समस्या दिन प्रतिदिन बढ्दै गएकाले बजारीकरण गर्न सहयोग गर्न आग्रह गरेका थिए ।
संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कार्यकारी सदस्य रिदम श्रेष्ठ, उज्ज्वल कर्माचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन महासचिव रामबहादुर गोङ्वाले गरेका थिए ।
कार्यक्रमको सहजिकरण संघका सचिव श्रीराम रायमाझी, कार्यकारी सदस्य उज्ज्वल कर्माचार्य, कार्यालय सचिव सिचन प्रधानले गरेका थिए ।