धनकुटा । १४ औं विश्व रेविज दिवसको अवसर पारेर छथरजोरपाटी गाउँपालिकामा सप्तह व्यापी निःशुल्क रेविज खोप कार्यक्रम सुरु भएको छ ।
छथरजोरपाटी गाउँपालिका पशुपंक्षी शाखाको आयोजनामा असोज १२ गते विहिवार देखि सुरु भएको उक्त कार्यक्रम अन्र्तगत गाउँपालिका भरिका सबै वडामा आगामी असोज १८ गतेसम्म घरपालुवा कुकुर र विरालोलाई निःशुल्क
रुपमा खोप लगाइने छ ।
रेविज खोप कार्यक्रमको पहिलो दिन विहिवार ५ सय ७ गाेट्टा कुकुर र विरोलोहरुलाई खोप लगाइएको छथरजोरपाटी पशुपंक्षि शाखाका प्रमुख राजकुमार राईले बताए ।