• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विभिन्न निर्णय गर्दै डीसीसीएमसी बैठक सम्पन्न

Dhankuta News by Dhankuta News
२०७७, १६ कार्तिक आईतवार १८:२२
0
0
SHARES
299
VIEWS
Share on FacebookShare on Twitter
विभिन्न निर्णय गर्दै डीसीसीएमसी बैठक सम्पन्न

धनकुटा कार्तिक १६ । कोरोनाको महामारी समुदायस्तरमा फैलिएसँगै धनकुटा कोभिड–१९ क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले आउँदो दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको छ ।

सो बैठकले कोभिड –१९ बाट मृत्यू भएकाहरुको शव व्यवस्थापनका लागि स्थान छनौट स्थानीय तहहरुले गरी आ–आफ्नो पालिकामा आगामी बुधवारसम्म व्यवस्था मिलाउनु पर्ने निर्णय गरेको छ । सो व्यवस्था मिलाउन अघि कोहि संक्रमितको मृत्यू भएमा मूलघाटमै अन्तिम संस्कार गर्ने निर्णय गरेको छ । आमनागरिकहरुले गरेको पीसीआर परिक्षणमा पोजिटिभ देखिए पनि जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी नदिएको भन्दै प्रदेश सामाजिक मन्त्रालयसँग समन्वय गरेर तथ्यांक राख्ने र संक्रमित देखिएकाले कार्यालयलाइृ जानकारी दिन सूचना प्रकाति गर्ने निर्णय गरेको छ । सो जानकारी संक्रमितहरुले नदिई लुकाई राखेमा कानूनी कार्वाही गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पीसीआर परिक्षण गर्ने व्यक्तिहरुले परिक्षण शुल्कको ५० प्रतिसत व्यहोर्ने र बाँकी ५० प्रतिसत सम्बन्धित स्थानीय तहहरुले व्यहोर्नु पर्ने निर्णय गरेको सेन्टरका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । उनले हिरासतमा रहेका बन्दीहरुको पीसीआर परिक्षणको शुल्क सम्बन्धित पालिकाले व्यहोर्ने जनाएको छ ।

यस्तै बैठकले सात वट स्थानीय तहहरुको दामासाही लगानीमा नयाँ शव बाहन खरिद गर्ने र सो शवबाहनको सञ्चालन नेपाल रेडक्रस सोसाईटी धनकुटाले गर्ने निर्णय गरेको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जिल्लाको कोभिड संक्रमितहरुको संख्या र अवस्थाका वारेमा जानकारी दिएका थिए ।

सेन्टरका अध्यक्ष विमलीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सांसदद्वय लीला सुब्बा र कुसुमकुमारी श्रेष्ठले सुझाव दिएका थिए । यस्तै बैठकमा पाख्रीवास नगरपालिकाका प्रमुख बृषबहादुर राई, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, शहीदभूमि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राईले कोभिड–१९ लाई परास्त गर्न आ–आफ्नो पालिकाको तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए ।

बैठकमा जिल्ला समन्वय अधिकारी रामनारायण श्रेष्ठ, बरख गण सल्लेरीका गणपति कर्णेल भगवान थापा मगर, जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारी, सशस्त्र प्रहरी वल छिन्ताङ गुल्मका गुल्मपति डिएसपी रामचन्द्र श्रेष्ठ, जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्मा, धनकुटा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सन्दिप रायमाझी, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, रेडक्रस सोसाईटीका मन्त्री कृष्ण श्रेष्ठले धनकुटामा कोरोना भाईरसको संक्रमण समुखायस्तरमा फैलिदै गएकाले यसको जोखिम न्युनिकरण गर्न सचेतना अभियान सञ्चालन गर्नु पर्ने बताए । उनीहरुले शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएकाले यसवारेमा समझदारी अपनाएर शवदाहस्थलको व्यवस्था गर्नुपर्ने बताए ।
बैठकको सञ्चालन प्रशासकीय अधिकृत जयराम श्रेष्ठले गरेको थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कोरोनाविरुद्ध संघद्वारासय बढी कार्यक्रम आयोजना

Next Post

फरार आरोपी थापा पक्राउ

Next Post

फरार आरोपी थापा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..