धनकुटा कार्तिक १७ । भाइरस पोजिटिभ पुष्टि भई उपचाररत प्रदेश नं. १ का सांसद इन्द्रमणी पराजुली कोरोनामुक्त भएका छन् । १३ दिन सम्म विराटनगरस्थित विराट मेडिकल कजेलमा उपचाररत थिए । उनको स्वास्थ्यमा केहि समस्या भएपछि आइसीयूमासमेत राखेर उपचार गरिएको थियो । उनको आइसीयूमा पाँच दिन उपचार भएका थिए ।
उनीसहित उनका सवारी चालकलाई समेत गत कार्तिक ४ गते कोरोना भाईरस पोजिटिभ पुष्टि भएको थियो । अहिले दुवैजना कोरोनामुक्त भएका छन् ।
धनकुटा प्रदेश ख का सांसद पराजुली प्रदेश १ विधायन समितिका संयोजकसमेत हुन् । सांसद पराजुली कोरोनामुक्त भएपछि गृहजिल्ला धनकुटा फर्किएको परिवारस्रोतले जनाएको छ ।