• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

शिक्षक पेशा छोडेर गाईपालनमा कटुवाल

Dhankuta News by Dhankuta News
२०७८, १९ भाद्र शनिबार ०९:५८
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter
शिक्षक पेशा छोडेर गाईपालनमा कटुवाल

धनकुटा । महालक्ष्मी नगरपालिका १ खाप्राङका धनबहादुर कटुवालको दैनिकी फेरिएको छ । उनी एकाबिहानै गाईफार्ममा व्यस्त हुन्छन् । घरनजिकैको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहनु उनको दैनिकी हो। आजकल फार्मका गाईलाई घाँस दाना गर्नु उनको नयाँ दैनिकी हो ।

२०५७ सालमा भूगोल विषय बाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालीन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरे । सो काम गर्न थालेको ३ वर्षपछि द्वन्द्वका कारण कार्यक्रम बन्द भए । त्यसपछि स्थानीय खाप्राङ माविमा साढे ५ वर्ष शिक्षकको रुपमा सेवा गरेका कटुवालले २०६९ सालदेखि व्यावसायिक रुपमा पशुपालन पेशा थालेको बताउँछन् । ‘पेशागत रुपमा शिक्षक समुदायको नमूना र साझा अभिभावक हो । हामीले केही नमूना बन्नु पर्छ भन्ने अठोट गर्दै शिक्षण पेशाबाट राजीनामा दिएर यो पेशामा लागे’ कटुवालले भने।

जागिर छोडेर गाईपालन गर्ने मानिस कमै होलान् । तर कटुवालले गाईपालन गर्न जागिर छोड्ने निर्णय गरेर पशु तथा कृषि फर्म दर्ता गरेर एकल व्यवसायको रुपमा यो पेशा निरन्तरता गर्दै आएका छन् । ‘सरकारी जागिर खाँदा अरुको नियन्त्रणमा बस्नुपरेको थियो अहिले स्वतन्त्र भएर आत्मसम्मानमा बसेको छु ।’ उनले भने ‘स्वतन्त्र नै भएर आम्दानी पनि मासिक एक लाख रुपैयाँको हाराहारीमा गर्दै आइरहेको छु।’ गाउँमा रहेको जग्गा पनि बाँझो हुन थालेको र त्यही जग्गाको उपयोग गरेर केही गर्नुपर्छ भनेर व्यवसायमा लागेको बताउँदै कटुवालले अहिले बाबु बाजेले जोडेका जग्गा उर्वर बनाएको बताए।

रोजगारी सिर्जना
हाम्रो देश कृषि प्रधान देश हो । यहाँ हामीले कृषि तथा पशुपालनलाई व्यावसायिक रुपमा लिने हो भने यसले उद्यमी र स्वरोजगार बनाउँछ। कटुवालको विचारमा धेरै जसो पशुपालन लाई व्यावसायिक रुपमा नगरी आम्दानी भएन घाटा भयो भन्छन् । यसले यो पेशामा आउन चाहने हरुका लागि नकारात्मक सन्देश जान्छ र उनीहरु निरुत्साहित हुन्छन। कुनै पनि पेशा आफैंमा नराम्रो हुदैन, तर निरन्तर लाग्नु पर्ने उनको तर्क छ। उनका अनुसार धेरैले व्यवसाय परम्परागत र निर्वाहमूखप् मात्र गर्छन व्यावसायिक रुपमा गर्दैनन् ।
२०६९ सालमा ८ लाख रुपैयाँको लगानीमा गोरखाबाट गाई ल्याई व्यवसाय सुरु गरेका उनले हालसम्म ५० लाखको लगानी भइसकेको बताए । अहिले उनको फर्ममा १५ वटा गाई छन् । उनले ७२ रोपनी जमिनमा घाँस खेती गरेका छन् । ‘व्यवसाय सुरु गर्ने वित्तिकै नाफा नदेखिए पनि अहिले औसतमा नाफा नै छ’ उनले भने ‘दूधबाट मात्र नभई अब बाच्छा बाच्छीबाट पनि आम्दानी छ ।’
‘मेरो लागि शिक्षण पेशा आफुले मात्र जागिर खाएर अरु परिवारलाई पाल्नुपर्ने कठिन पेशा बन्यो। मैले परिवारको गुजारा चलाउन निक्कै समस्या प¥यो ।’ उनले भने ‘अहिले यो व्यवसायबाट हामी घरका दुई जना र अन्य दुई जनालाई रोजगारी दिन सफल भएका छौं ।’
कटुवाललाई पत्नी यामकुमारी कटुवालले पनि साथ दिएकी छिन। नजिकैको एक विद्यालयमा शिक्षिका उनले बिहान बेलुकाको समयमा खोले कुँडो, घास तथा गोबर सोर्न साथ दिएको बताइन् । घरपरिवार मिलेर गरेको व्यवसाय बढाउने तयारी गरिरहेको बताउने यामकुमारीले जनशक्तिको अभाव भएको बताउँछिन् । उनले पुरुषहरु रोजगारिको लागि विदेश जानुभन्दा परिवारसँगै बसेर व्यवसाय गर्दा सहज भएको बताइन् ।

लगानी अनुसार आम्दानी छैन
कटुवालले लगानी अनुसार आम्दानी भने गर्न नसकेको गुनासो गर्छन। ‘दूधको बजार मूल्य स्थिर रहने तर, गाईलाई खुवाउने दानाको मूल्य बढिरहनु मुख्य समस्या हो ।’ उनी भन्छन्, ‘उत्पादन लागतको हिसावले दूधको मूल्य कम हुदाँ आम्दानी सोंचेजस्तो छैन् ।’ स्थानीय तहले नीतिहरु सहज बनाएर सहयोग गर्ने होभने यो राम्रो आम्दानी लिन सक्ने र धेरैलाई रोजगारी दिनसक्ने उनको भनाइ छ ।
‘हरेक पेशा व्यवसायको चुनौंती त हुन्छ नै । यो व्यवसाय त झनै चुनौंती छ । कटुवालले भने ‘गाईपालन व्यवसायका मूख्य गरेर दुई तीन वटा समस्या छ । यो व्यवसायलाई व्यावसायिक बनाउन नसक्नु नै पहिलो चुनौंती हो । यसलाई व्यावसायिक गर्ने हो भने समस्या यहिँबाट समाधान हुन्छ।’

व्यावसयिक रुपमा गाई पालन गर्ने हो भने एउटा दुइवटा गाई पालन गरेर हुदैंन कम्तीमा पनि १० वटा पाल्नुपर्ने उनको भनाइ छ। ‘गाई फर्म थालेपछि यसलाई दीर्घकालीन सञ्चालन गर्नका लागि घाँसको व्यवस्थापन गर्नु पर्छ भने दुधलाई सफा र व्यवस्थित ढंगले राख्नुपर्छ । नत्र यसले ग्राहकको विश्वास जित्न सकिदैन ।’ उनले भने, ‘सरसफाई गरिएन भने दूध बिग्रिने सम्भावना हुन्छ। दूध विक्री नहुने स्थिति आयो भने दूग्धजन्य बैकल्पिक वस्तु उत्पादन गर्ने सीप पनि सिक्नु पर्ने हुन्छ ।’

आम्दानीसँगै आत्मसम्मान 
गाईपालनबाट अहिले उनलाई राम्रो आयआर्जन हुन थालेको छ। पैसा कमाउन विदेश जानुपर्छ भन्ने लहर चलेको छ तर, देशमै केही गर्दा आम्दानी सहित आत्मसम्मान मिलेको उनको भनाई छ। उनले फुर्सद भएको समयमा सामाजिक काम गर्ने गरेको बताउँछन। उनी अहिले आफूले अध्यापन गरेको विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहेका छन् । यसलाई व्यावसायिक बनाउन कटुवालले फर्म वरिपरि घाँसका विरुवा, एभोकाडोका विरुवा र आफुलाई पुग्ने तरकारी समेत लगाएकाछन् । उनले जाँगर लगाउने हो भने गाईपालन सँगसँगै अन्य व्यवसाय पनि हुने बताए । विदेश जान वा जागिरका लागि दौडधुप गर्नेहरुका लागि व्यावसायिक तरिकाले लाग्न सुझाव दिए ।

अनुदानमा सास्ती
सरकारले दिने अनुदानमा भने कटुवालले असन्तुष्टि जनाएका छन। उनले सरकारले दिने अनुदानका कार्यक्रम कमजोर भएको बताउँदै धेरै ठाउँमा झोलामा फर्म बोकेर अनुदान लिने गरेको देख्दा दुःख लागेको गुनासो गरे। उनले हालसम्म कतैबाट अनुदान नपाएको बताए। अनुदानका लागि स्थानीय तहमा जाँदा तपाईहरु जस्ता ठूला व्यवसायी माथिल्लो निकायमा जानु भन्ने गरेको र दिँदा पनि २० देखि ५० हजार रुपैयाँ दिनलाई प्रक्रिया पु¥याउन निकै ठूलो झन्झट दिने गरेकोले त्यसमा फस्न नचाहेको बताए ।

‘प्रदेश र केन्द्रको अनुदान लिन त जानै भ्याइन्न, अनुदानका लागि धाउँदा व्यवसाय चौपट हुन्छ।’, उनले भने, ‘नीतिगत प्रक्रियामा झमेला भएकाले अनुदानका लागि महिनौ दिनसम्म खर्चनुपर्ने भएकाले समस्या छ।’ सरकारले किसानको फर्मको भ्रमण गरेर अनुदान दिने कर्मचारी खटाउनु पर्ने उनको सुझाव छ। किसानको फर्मको भ्रमण गरेर अनुदान दिने व्यवस्था नभएसम्म वास्तविक किसानले अनुदान नपाउने र झोलामा फर्म बोक्नेले अनुदान लिइरहने उनको भनाइ छ। फर्म हुने काम गर्दा गर्दै अनुदान को प्रक्रिया पु¥याउन नसक्ने र झोलामा फर्म बोक्नेले फुर्सदिलो भएर प्रक्रिया पु¥याएर अनुदान लिने गरेको कटुवाल बताउँछन ।

यता महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले भने गाईपालक किसानका लागि गोंठ सुधार कार्यक्रम र पकेट क्षेत्र घोषणा गरेर धेरै कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले किसानहरुका मागका आधारमा काम गरिरहेको र यस आवबाट गाईभैंसी गर्भधारणका लागि उन्नत जातको विउको कार्यक्रम र गत वर्षबाट टाढादेखि खरिदका लागि ढुवानीको कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

लेडि जेसीद्वारा संक्रमितलाई खाजा वितरण

Next Post

Dhankuta Saptahik epaper Sawan 11,2078

Next Post

Dhankuta Saptahik epaper Sawan 11,2078

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..