• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण

स्वास्थ्य सामग्री ६२ लाख बढीको

Dhankuta News by Dhankuta News
२०७८, २९ भाद्र मंगलवार ००:१३
0
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter
सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण

धनकुटा भदौं २८ । सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । विश्वव्यापी कोरोना महामारीको प्रकोप जिल्लामा पनि फैलिदै गएपछि जिल्लावासीहरुलाई सुरक्षित राख्न तथा संक्रमित भएकाहरुलाई उपचारमा सहयोग गर्नेगरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले जानकारी दिए ।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका थापाले ती स्वास्थ्य सामग्रीहरु जोखिम मोलेर अग्रभागमा रहेर कार्य गर्ने संस्थाहरुलाई हस्तान्तरण गरिएको छ । ती सामग्रीहरु जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको बरखगण गुल्म, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीबल छिन्ताङदेव छ नं. गुल्म, राष्ट्रिय अनुसन्धान कार्यालयका साथै जिल्लास्थित विभिन्न पालिकाका स्वास्थ्य संस्थाहरुलाई वितरण गर्नेगरी हस्तान्तरण गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष थापाले सो सामग्री जिल्ला प्रशासन कार्यालयको र विभिन्न स्वास्थ्य संस्थाको लागि वितरण गर्नेगरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थलाई हस्तान्तरण गरेका थिए । यस्तै नेपाली सेनाका लागि गणपति दुर्गाबहादुर थापालाई, प्रहरीहरुका लागि प्रहरी उपरीक्षक नकुल पोखरेल, सशस्त्र प्रहरीका लागि गुल्मपति डिएसपी रामचन्द्र श्रेष्ठ, राष्ट्रिय अनुस्नधकानका प्रमुख तुलसी कट्टेललाई हस्तान्तरण गरेका थिए ।
यस्तै प्रतिष्ठानले पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राईलाई, व्यवसायीहरुका लागि उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईलाई, नेपाल नेत्रज्योति संघकाअध्यक्ष रोशेष श्रेष्ठलाई र प्रेस युनियनका लागि युनियनका अध्यक्ष हिमा चेम्जोङलाई हस्तान्तरण गरेका थिए । यस्तै सामाजिक संस्थामा लेडिज जेसी, सिटी जेसिजका लागि करुणा कटुवाललाई हस्तान्तरण गरिएको थियो ।
यस्तै नेपाली कांग्रेस धनकुटाले जिल्लाका ६० वटा वडाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्नेगरी प्रतिष्ठानका अध्यक्ष थापाले नेपाली कांग्रेसका उपसभापति नवीनकिशोर शाक्यलाई हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन सन्सन्ट्रेटर मास्क, सेनिटाईजर हेण्डवास, शक्तिबर्धक औषधिहरु, विपिई किट, भिटामिनहरु, थर्ममिटर, अक्सिजन अक्सिमिटरहरु, अक्सिजन सिलिन्डरहरुलगायत विभिन्न सामग्रीहरु गरी करीव ६२ लाख मूल्य रुपैया वरावरको सामग्रीहरु वितरण गरेका थिए ।
सो अवसरमा पूर्वमन्त्री थापाले नेकपा एमालेले जनताको सेवामा समर्पित भई कार्य गर्न अवरोध सृजना गर्न खोजेको आरोप लगाए । उनले एमाले आफु नगर्ने र अरुलाई पनि गर्न नदिन षडयन्त्र गरेको बताए । उनले एमालेले हाल वितरण गरिएको स्वास्थ्य सामग्रीमा नेपाल सरकारको एक पैसा पनि लगानी नभएको स्पष्ट पारे । उनले एमालेले आरोप लगाएजस्तो सरकारी लगानी परेको प्रमाणित गरे आफु कार्वाही भोग्न तयार रहेको जानकारी दिए ।
कांग्रेस सहमहामन्त्री थापाले नेपाली कांग्रेस धनकुटाले धनकुटाका जनतालाई कोरोना महामारीबाट सुरक्षित राख्न सूर्यबहादुर प्रतिष्ठानलाई स्वास्थ्य सामग्री उपलब्ध गराई दिन आग्रह गरेबमोजिम विभिन्न स्वदेशी तथा विदेशी दाताहरुबाट संकलन गरेर उपलब्ध गराएको जानकारी दिए । यसरी सामग्रीका लागि सहयोग गर्ने विदेशी दाताहरुमा नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी, पिटर टान्या बोडे र अमेरिकी कलाकार मउरिन डरडाक रहेका छन् ।
यस्तै स्वदेशी दाताहरुमा विद्यालय सञ्चालक उमेश श्रेष्ठ, व्यवसायीहरु विनोद चौधरी, मिनबहादुर गुरुङ, आनन्द बगेरिया, क्याविनेट श्रेष्ठ, पीपी खेतान, प्रज्ज्वल पाण्डे राधेश्याम सराफ, शेखर गोल्छा, शंकर घिमिरे रहेका छन् । यस्तै सविना तथा राजपाल जेपी सिंह अमेरिका, सिद्धार्थ थापा, सिताराम गंगादेवी महेशकुमार लोहिया, सुरित घिमिरे, संगिता थापा, मुकुन्द तिम्सिाना, गायक योगेश्वर अमात्य, राजेन्द्र बजगाई, डा. रामबाबु गिरी, रोशन केसी, लुजा र सिना माथेमा रहेको अध्यक्ष थापाले जानकारी दिए ।
सो अवरमा कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्य मिन कार्कीलगायत कांग्रेसका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । यस्तै नेता अषित थापा, प्रतिष्ठानका महासचिव मदन घिमिरे, धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष नरेश श्रेष्ठ, नगर कार्य समितिका उपसभापति मिलन खड्की, तरुण डिफेन्स फोर्सका धनकुटा नगर अध्यक्ष रत्नेश राई, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, पूर्वअध्यक्ष खगेन्द्र घिमिरे, कांग्रेस धनकुटा वडा ६ का सभापति रुपेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
अघिल्लो वर्ष पनि सहमहामनत्री थापाले जिल्लावासीका लागि प्रतिष्ठानको तर्फबाट स्वास्थ्य सामग्रीहरु वितरण गरेका थिए । यस्तै हालै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट थापाको पहलमा ल्याईएको स्वास्थ्य सामग्री विभिन्न पालिकाका स्वास्थ्य संस्थाहरुका लागि हस्तान्तरण गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

Dhankuta Sawan 4, 2078

Next Post

नेकपा एमाले निरंकुश भएको आरोप लगाउँदै

Next Post
नेकपा एमाले निरंकुश भएको आरोप लगाउँदै

नेकपा एमाले निरंकुश भएको आरोप लगाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..