• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेकपा एमाले निरंकुश भएको आरोप लगाउँदै

सयबढी नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश

Dhankuta News by Dhankuta News
२०७८, २९ भाद्र मंगलवार २१:२५
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter
नेकपा एमाले निरंकुश भएको आरोप लगाउँदै

धनकुटा भाद्र २९ । निर्वाचन घोषणा नभएपनि अहिले पार्टी प्रवेशले तीव्रता पाएको छ । निकट भविष्यमै स्थानीय तहको निर्वाचन हुने भएपछि सबैपार्टीहरु अर्का पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफु तर्फ तान्न क्रियाशील भएका छन् ।
यसैक्रममा आज नेकपा एमाले पार्टी परित्याग गर्दै १ सय ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा विगतमा एमालेका तर्फबाट स्थानीय निकायमा निर्वाचित भैसकेका स्थानीय नेतासमेत छन् ।
नेपाली कांग्रेस पाख्रीवास नगरपालिका वडा नं. २ वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।
नवआगन्तुक नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, पार्टीका जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य ज्ञानबहादुर गुरुङलगायतले स्वागत सम्मान गरेका थिए ।
सो अवसरमा नवआगन्तुकहरुलाई स्वागत गर्दै सहमहामन्त्री थापाले एमाले विकास विरोधी र जनताको सेवामा अवरोध गर्ने पार्टी रहेको आरोप लगाउँदै नवआगन्तकहरुलाई सहि पार्टीमा आउनु भएको भन्दै प्रशंसा गरे । उनले नयाँ आउनु भएकाहरुलाई योग्यताअनुसार जिम्मेवारी दिईने बताए ।
सहमहामन्त्री थापाले आफुले धनकुटा कांग्रेसको आग्रहअनुसार मित्र आफन्त र शुभचिन्तकको सहयोगमा धनकुटेली जनताको स्वास्थ्य सुरक्षाका लागि ल्याएको स्वास्थ्य सामग्रीलाई सरकारले दिएको भन्दै राजनीति गरेको आरोप लगाए । उनले एमाले सत्तामा रहदाँ पनि ल्याउन नसक्ने र आफुले ल्याएको स्वास्थ्य सामग्रीमा सरकारको एक पैसा मात्र लगानी भए आफु कार्वाही भोग्न तयार रहेको भन्दै एमालेलाई सरकारी भएको प्रमाणित गर्न चुनौति दिए ।
पूर्वमन्त्रीसमेत रहेका थापाले एमाले सरकार केन्द्रदेखि गाउँसम्म भ्रष्टाचारमा डुबेको आरोप लगाए । उनले धनकुटाका ५ वटा स्थानीय तहको मात्रै बेरुजु झण्डै २० करोड देखिएको भन्दै यस्ता भ्रष्टाचारको भण्डाफोर गर्ने बताए ।
सहमहामन्त्री थापाले एमालेका स्थानीय सरकार जनतालाई एमालेमा आउन आश देखाउने नभए त्रास देखाउने गरेको बताए । उनले एमालेको कार्यक्रमहरुमा सहभागी नभए सरकारले दिएको जस्तापाता तथा टनेलको पैसा तिर्नु पर्ने धम्की दिईरहेको आरोप लगाए ।
सो अवसरमा नवप्रवेशीको तर्फबाट विगतमा स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सान्नेका निर्वाचित पूर्व वडाध्यक्षसमेत रहेका दिलबहादुर स्याङ्बोले एमाले काम नगरी कुरा मात्र गर्ने पार्टी रहेको भन्दै ग्रामीण क्षेत्रको विकास र जनताको उत्थान कांग्रेसबाट मात्र सम्भव रहेको बताए । पार्टी एमालेमा सीमित नेताबाहेकलाई लोकतन्त्र नभएको आरोप लगाए । उनले आफु लामो समयसम्म एमालेका इमान्दार सिपाही रहेर काम गरेपनि एमाले निरंकुश पञ्चायत व्यवस्था भन्दा बढी तानाशाह रहेको भन्दै स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण नभएकाले पार्टी परित्याग गरेको बताए ।
उनले कांग्रेसका नेताहरुले गाउँको जनताको विकासमा अझ बढ ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव विजयसतोषी राई, कोषाध्यक्ष दिनेश राई, सदस्यद्वय ज्ञानबहादुर गुरुङ, जयन्द्र घिसिङ, अमित ल्हो, कांग्रेस पाख्रीवास नगर सभापति प्रेम भण्डारी, धनकुटा वडा १ वडा समितिका वडा सभापति वीवी तितुङ र नेविसंघका नेतृ करुणा कटवालले एमालेले जनतामा पारिरहेको भ्रमलाई चिर्दै जनतालाई वास्तविकता बुझाउनु पर्ने बताए ।
कार्यक्रम पाख्रीवास २ नं वडा सभापति धनबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको थयो । सन्तोष मानन्धरले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा उपसभापति दिलकुमार तामाङले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण

Next Post

पक्राउ परेका नक्कली नोटका ६ जना कारोवारी सार्वजनिक

Next Post
पक्राउ परेका नक्कली नोटका ६ जना कारोवारी सार्वजनिक

पक्राउ परेका नक्कली नोटका ६ जना कारोवारी सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..