धनकुटान्युज मंसिर १३ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गैरहेको जिल्ला निर्वाचनमा सभापतिका उम्मेदवार दिनेश राई प्यानलका १३ जना निर्विरोध निर्वाचित भएको सभापतिका उम्मेदवार दिनेश राईले दावी गरेका छन् । यसरी निर्विरोध निर्वाचित हुनेहरुमा महाधिवेशन प्रतिनिधि समानुपातिक खस आर्य खुल्ला महिलातर्फ गायत्री भण्डारीको एकमात्र उम्मेदवार भएकाले निर्विरोध निर्वापचत भएका हुन् ।
अन्य निर्विरोध निर्वाचित हुनेहरुमा जिल्ला समितिका सदस्यहरु रहेका छन् । यसरी निर्विरोध निर्वाचित हुने सदस्यहरुमा पालिकातर्फ धनकुटा नगरपालिका महिलातर्फका पुण्यवति शाही छन् । यस्तैगरी महालक्ष्मी नगरपालिका महिलातर्फ सीता गिरी, पाख्रीवास नगरपालिकातर्फ तीनै पद निर्विरोध भएका छन् । पाख्रीवास महिलातर्फ गीता पराजुली, खुल्लातर्फ लिलम थापा र ज्ञानबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै शहीदभूमि गाउँपालिकाका महिलातर्फका उम्मेदवार बच्चुकुमारी राई, छथर जोरपाटी गाउँपालिकाका दुवै पद महिलातर्फ इन्दिरा थापा र खुल्लातर्फ पृथबहादुर लिम्बु निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै खसआर्य महिलातर्फ इन्दिरा थापा कटुवाल, आदिवासी जनजाति महिला तर्फ रेणु श्रेष्ठ, सरस्वती मगर र साधना लिम्बु निर्विरोध निर्वाचित भएका हुन् ।
यसरी निर्विरोध निर्वाचित हुनेहरुमा कतिपय दुर्व प्यानलमा नाम परेकाहरु पनि छन् ।
यसरी आफ्ना प्यानलका उम्मेदवार निर्विरोध निर्वाचित भएकाले आफ्नो जित्ने सम्भावना बढेको उम्मेदवार दिनेश राईले बताए ।
यसअघि भएको प्रदेश क र ख को निर्वाचनमा पनि राई पक्षकै सभापतिलगायत अधिकांश उम्मेदवार विजयी भएका थिए ।
राईले आफु धनकुटामा नै बसेर पार्टीको संगठन विस्तार गर्दै आम कार्यकर्ताहरुको हरेक सुखदुःखमा हरदम साथ दिईरहेकाले निर्वाचित हुने विश्वास जनाए । राईकै सक्रियताको कारण धनकुटा कांग्रेससशक्त हुदै गएको प्रदेश ख का नवनिर्वाचित सभापति राजन पौडेलले बताए । उनले सभापतिका उम्मेदवार धनकुटालाई राजधानी बनाउन भएको आन्दोलनमा प्रहरीको दमनमा परेर घाईते भएका एक विकासप्रेमी युवानेता समेत भएको बताए ।
धनकुटामा नेपाली कांग्रेसका उम्मेदवारले प्रतिनिधि सभा, प्रदेश र स्थानीय तहमा निर्वाचित गराउन पनि दिनेश राईको सक्षम नेतृत्व आवश्यक रहेको नेपाली कांग्रेसबाट निर्वाचित धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ बताउँछन् ।
दिनेश राई प्यानलमा शहीदपुत्र तथा संविधानसभाका सदस्य मनोहरनारायण श्रेष्ठ र निवर्तमान पार्टी सभापति अग्नीप्रसाद पौडेललगायत पुराना तथा नयाँ जुझारु युवाहरु रहेकाले विजयी सुनिश्चित रहेको श्रेष्ठले बताए । उनले दिनेश राई पार्टीभित्रका अग्रजलाइृ सम्मान दिदै नयाँ प्रवेशी तथा युवालाई समेटेर लान सक्ने क्षमता भएकाले राईको विजयीसँगै आगामी दिनमा धनकुटाका तीनैतहको निर्वाचनमा विजयी हुने सम्भावना बढ्ने बताए ।