• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा दुई दिने दोश्रो ‘एभोकाडो महोत्सव’ शुरु

Dhankuta News by Dhankuta News
२०७८, ४ मंसिर शनिबार २२:४५
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा दुई दिने दोश्रो ‘एभोकाडो महोत्सव’ शुरु

धनकुटा । धनकुटा नगरपालिकाले धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेसँगै दोस्रो एभोकाडो महोत्सव आयोजना गरेको छ । दुई दिने महोत्सवको प्रतिनिधि सभा सदस्य सांसद राजेन्द्र राईले एक कार्यक्रमका वीच एभोकाडोको विरुवामा पानी राखेर उद्घाटन गरेका छन् ।
महोत्सव उद्घाटन गर्दै सांसद राईले धनकुटालाई व्यावसायिक एभोकाडो उत्पादनले किसानहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने बताए । उनले धनकुटा नगरसँगैे अन्य स्थानीय तहहरुमा पनि एभोकाडोको व्यावसायिक खेती गरेर जिल्लालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन सकिने दावी गरे । राईले एभोकाडोलाई गुणस्तरीय बनाउनको साथै रोग प्रकोपबाट बचाउन प्राविधिक ज्ञान भएका दक्ष प्राविधिकले एभोकाडो किसानहरुलाई तालिम तथा सल्लाह दिनु पर्नेमा जोड दिए ।
सो अवसरमा स्वागत मन्तव्य दिदै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सुन्तलाको लागि नाम कहलिएको धनकुटामा पछिल्ला वर्ष रोगकिराका कारण उत्पादनमा कमी आईरहेको समयमा कृषकको आकर्षण एभोकाडोतर्फ बढ्दै गएको बताए । उनले २०७५ सालमा धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर महोत्सव आयोजना गरेपछि जिल्लाका एभोकाडोले पहिलेभन्दा तेब्बरसम्म मूल्य पाएको बताए ।
प्रमुख तामाङले एभोकाडोको अधिकतम मूल्यका लागि वडा ३ मा उद्योग शुरु भैरहेको जानकारी दिए । उनले नगरपालिकाले एभोकाडोको ब्राण्डिङ गरिरहेको बताए । उनले एभोकाडोको विषय शोधपत्र तयार गरी विद्यावारिधी गर्न चाहने विद्वानहरुलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने जानकारी दिए ।
प्रमुख तामाङले नगर सभाले मेयर कृषि पर्यटन कार्यक्रमअन्तर्गत एभोकाडोको राजधानी र ड्रागनफल फलको विशेष पकेटक्षेत्र औपचारिक रुपमा पारित गरेर कार्यक्रम अघि बढाइएको जानकारी दिए ।
सो अवसरमा एभोकाडो र ड्रागनफलको राजधानी तथा विशेष पकेटक्षेत्र घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कृषि अभियान्ता जीवन राईलाई नगद ५ हजार सहित दोसल्ला, सम्मानपत्रले सम्मान गरेका छन् ।
सो अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरका प्रमुख डा.राजेन्द्र उप्रेतीले धनकुटाको एभोकाडोलाई मदरबोर्डको रुपमा ल्याउने प्रयास गरिहेको वताए । उनले धनकुटा नगरपालिकामा एभोकाडो र पाख्रीवास नगरपालिकामा कफी खेतीका रुपमा सहकार्य गरेर काम गरिहेको बताए ।
सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर थापाले धनकुटा नगरपालिकाका आफ्नै नर्सरी रहेको र आ.व.०७७÷०७८ मा ६० हजार भन्दा वढी एभोकाडोको विरुवा वितरण गरिएको जानकारी दिए । उनले नगरपालिकाले एभोकाडो क्षेत्रमा काम गर्न थालेपछि धनकुटा ६ मा एभोकाडो पार्क निर्माण गरेको, एशिया महादेश मै पहिलो पटक एभोकाडो महोत्सव आयोजना गरिएकोलगायतको उल्लेखनीय काम गरेको दावी गरे । उनले नगरपालिकाले एभोकाडोको व्यावसायिक खेतीको लागी विविध कार्यक्रम ल्याएपछि नगर क्षेत्रका किसान उत्साहित भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत थापाले हालसम्म धनकुटा नगरपालिकाले व्यावसायिक एभोकाडो खेती कार्यक्रमका लागी ७१ लाख रुपैयाँ खर्च गरिसकेको जानकारी दिए ।
सो अवसरमा पाख्रीवास कृषि अनुसन्धान केन्द्रका प्रमुख डा.गोविन्द तिम्सिनाले पाख्रीवासमा एभोकाडो आजभन्दा ४०–४५ वर्ष पहिले रोपिएको जानकारी दिए । उनले एभोकाडोको राम्रोसँग अनुसन्धान गरेर नर्सरी उत्पादन नगर्ने हो भने भावी दिनमा सफल हुन नसक्ने दावी गरे । उनले धनकुटा नगरपालिका र कृषि अनुसन्धान केन्द्र विच सहकार्य गरेर एभोकाडोको क्षेत्रमा काम गरिरहेको वताए ।
धनकुटा नगरपालिकाको वडा नं.१ देखि १० सम्मको विभिन्न वडामा ६० हजारदेखि १ लाखसम्म एभोकाडोको बिरुवा कृषकहरुले रोपेका छन् । धनकुटा नगरपालिका क्षेत्रमा बार्षिक रुपमा ९० मेट्रिक टन एभोकाडो उत्पादन हुने गरेको जनाईएको छ । नगर क्षेत्र भित्र ५ हजार ७ सय ६४ एभोकाडोको बोटबाट फल उत्पादन भइरहेको छ । बार्षिक रुपमा ९० हजार ७ सय ५० केजी भन्दा वढी एभोकाडो फल उत्पादन भएको छ । आगामी ५ वर्षभित्र धनकुटा नगरपालिका क्षेत्रमा ३ लाख एभोकाडोको विरुवा रोपी सक्ने नगरपालिकाले कार्ययोजना अघि सारेको छ ।
धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको अध्यक्ष खेमराज थापाको अध्यक्षतमा सम्पन्न महोत्सवको उद्घाटन सत्रमा प्रदेश माननीय निरन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान, उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ, सम्मानित व्यक्तित्व कृषि अभियान्ता जीवन राई, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवासलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन पशासकीय अधिकृत डम्बर रोगुले गरेका थिए ।
महोत्सवमा ३२ वटा भन्दा वढी विभिन्न जातका एभोकाडोको स्टल राखिएका छन् । महोत्सवमा एभोकाडो किन्न, चाख्न, एभोकाडो जाम, चप, तेल, घिउ पाईने आयोजकले जनाएको छ ।
पछिल्लो समय धनकुटामा एभोकाडो व्यावसायिक रुपमा विस्तार हुदै गएको छ । आजभन्दा ४० वर्षभन्दा अघि एभोकाडो खेतीको शुरुवात भएपनि व्यावसायिक रुपमा स्थापित हुनसकेको थिएन ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

टंक मावि पूर्व बिद्यार्थी समाज गठन

Next Post

दिनेश राई प्यानलका १३ जना निर्विरोध

Next Post

दिनेश राई प्यानलका १३ जना निर्विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..