• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

स्थानीय तह निर्वाचन–२०७९: धनकुटाभरि ६८ प्रतिशत मत खस्यो

Dhankuta News by Dhankuta News
२०७९, ३१ बैशाख शनिबार १०:३२
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter
स्थानीय तह निर्वाचन–२०७९: धनकुटाभरि ६८ प्रतिशत मत खस्यो

धनकुटा । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाभरि ६८ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको तथ्यांक अनुसार कुल मतदाता संख्या १ लाख १५ हजार ९ सय ६४ मध्ये ७८ हजार ४ सय १७ जनाले मात्रै स्थानीय तह निर्वाचनमा भोट हालेका छन् । बाँकी ३७ हजार ५ सय ४७ जना मतदान प्रक्रियामा सहभागी भएनन् ।

धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका गरि सात स्थानीय तह रहेका छन् । सात स्थानीय तहमध्ये छथरजोरपाटी गाउँपालिकामा ६८ प्रतिशत मात्रै मत खसेको छ । १३ हजार ५ सय ४२ जना मतदाता रहेकोमा ९ हजार २ सय ५ जनाले मात्रै मतदान गरेका छन् ।

त्यस्तै चौविसे गाउँपालिकाको १४ हजार १ सय २७ जना मध्ये ७१ प्रतिशत अर्थात ९ हजार ९ सय ८७ जनाले मात्रै मतदान गरे ।
पाख्रिवास नगरपालिकामा पनि ६६ प्रतिशत मात्रै मत खसेको छ । १७ हजार ८७ जना कुल मतदाता रहेकोमा ११ हजार २ सय ९४ जनाले मात्र मतदान गरेका छन् ।

यता साँगुरीगढी गाउँपालिकाको १६ हजार २ सय ४१ मतदाता मध्ये ११ हजार ५ सय ५२ जना मतदान प्रक्रियामा सहभागि भएका छन् ।
जिल्लाको सबैभन्दा बढी मतदाता रहेको धनकुटा नगरपालिकामा ७१ प्रतिशत मत खसेको छ । यस नगरपालिकामा २२ हजार ९ सय ७१ जना कुल मतदाता रहेकोमा १६ हजार ४ सय १९ जना मतदान प्रक्रियामा सहभागी भएका थिए ।

महालक्ष्मी नगरपालिकामा पनि ६७ प्रतिशत अर्थात १२ हजार ३ सय ३१ जनाले मात्रै मतदान गरेका छन् । यस नगरपालिकामा १८ हजार ४ सय ६० जना मतदाता छन् ।

सहिदभूमि गाउँपालिकामा पनि ५६ प्रतिशत मात्रै मत खसेको छ । १३ हजार ५ सय ३६ जना मतदाता रहेको यस गाउँपालिकामा ७ हजार ६ सय २९ जनाले मात्रै मतदान गरे ।

७ वडा रहेको यस गाउँपालिकामा एक वडामा भने मतदान प्रक्रिया स्थगित भएको छ । सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र ६ नंं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको बिषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधि वीच विवाद हुँदा मतदान स्थगित भएको हो । विहान साढे ११ बजे देखि यस केन्द्रमा मतदान प्रक्रिया रोकिएको थियो । अशक्त, असहाय, तथा ज्येष्ठ मतदाताहरुको तर्फबाट एउटै व्यक्तिले पटक–पटक मतदान गरेको विषयमा विवाद भएको थियो । विवाद सुरु भई मतदान कार्य अवरुद्ध भई पटक पटक सर्वदलीय वैठक राख्दा समेत वेलुकाको ५ बजे सम्म पनि विवादको निरुपण हुन सकेको थिएन । सहिदभूमि निर्वाचन कार्यालयले विवादका वीच मतदान कार्य सञ्चालन गरे थप भौतिक क्षति समेत हुने निष्कर्ष निकाली मतदान प्रक्रिया स्थगित गरेको थियो ।

तीन केन्द्रमा २५ सय १३ मतदाता रहेका छन् । मतदान प्रक्रिया स्थगित हुनुपूर्व ८ सय १२ मत खसेको थियो । तीन वटै केन्द्रमा निर्वाचन आयोगले नयाँ मिति घोषणा गरेपछि मात्रै मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत रुद्रमणी गिरीले बताए । उनका अनुसार मतदान भएपछि मात्र एकै पटक मतगणना हुनेछ । विवाद ख र ग केन्द्रमा नभई क केन्द्रमा भएको थियो । पून नयाँ प्रक्रियाबाट निर्वाचन हुने की स्थगित गरिएकोबाट सुरु हुने भन्ने विषयमा निर्वाचन आयोगले गर्ने निर्णयमा भर हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

तस्विरमा: धनकुटा नगरपालिकाकाे मेयरका उम्मेदवार दिनेश राई र उपमेयरका उम्मेदवार गणेश बिष्टलाई हिलेबासीको भब्य स्वागत

Next Post

धनकुटा कांग्रेसद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद

Next Post
धनकुटा कांग्रेसद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद

धनकुटा कांग्रेसद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा मतदाताहरुलाई धन्यवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..