धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ७ स्थित गोलखाडी स्वास्थ्य चौकीमा प्रसुती सेवा प्रवाहको लागि वर्थिङ सेन्टर स्थापना गरिएको छ ।
स्वास्थ्य चौकीमा मंगलवार आयोजित एक कार्यक्रमका वीच साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले वर्थिङ सेन्टरको औपचारिक उद्घाटन
गरे ।
कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष राईले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए । स्वास्थ्य चौकीको भवन ठूलो भएपनि सेवा सुविधा न्यून थियो । यस क्षेत्रका गर्भवति महिलाहरुलाई लक्षित गरि वर्थिङ सेन्टर स्थापना गरिएको उनले बताए ।
उक्त स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना भएसँगै प्रसुतिका लागि धरानको विपी कोइराला स्वास्थ्य चौकी सम्म जानुपर्ने वाध्यता हटेको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर, स्वास्थ्य शाखा प्रमुख गणेश यादव लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।