धनकुटा । वरिष्ठ मूर्तिकार श्रीकृष्ण जोशी सम्मानित भएका छन् ।
धनकुटा नगरपालिका वडा नं. ७ जिरोप्वाइन्ट स्थित ट्राफिक चोकमा हालै स्थापना भएको श्री विश्वकर्मा वावा मन्दिरको संरक्षण र स्तरोन्नती गर्ने कार्यमा उल्लेखनीय सहयोग गरेको भन्दै जिरोप्वाइन्ट टोल वस्ती संगठनले वुधवार एक कार्यक्रमका वरिष्ठ मूर्तिकार जोशीलाई सम्मान गरेको हो ।
सम्मानित मूर्तिकार जोशीलाई कार्यक्रमका प्रमुख अतिथि ७ नं. वडाका वडाअध्यक्ष रोशेष श्रेष्ठ, संस्थाका पदाधिकारीहरु लगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
उनीसँगै मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न निकाय तथा दाताहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको जिरोप्वाइन्ट टोल वस्ती संगठनका अध्यक्ष दिलकुमार राईले बताए । विश्वकर्मा वावाको मन्दिर पहाडी जिल्लामध्ये धनकुटामा मात्रै अध्यक्ष राईको दावी छ ।
जिरोप्वाइन्ट टोलवस्तीको सक्रियतामा ट्राफिक चोकमा विश्वकर्मा वावा मन्दिरको स्तरउन्नोति गरिएको हो । सो मन्दिर २०६३ सालमा जिरोप्वान्इन्ट टोलवस्ती संगठनका तत्कालीन् अध्यक्ष स्वर्गीय रामबहादुर शाक्यको पहलमा स्थापना भएको थियो ।
टोलवस्ती संगठनका सदस्यहरुको जनश्रमदान, उद्योगी व्यवसायी, यातायात व्यवसायीहरुको आर्थिक सहयोगमा मन्दिरको स्तरउन्नोति गरिएको सचिव उर्गेन शाक्यले बताए । उनका अनुसार करिव ४ लाख रुपैयाको लागतमा मन्दिरको स्तरउन्नोति भएको थियो ।
टोलवस्तीका अध्यक्ष दिलकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव उर्गेन शाक्य र स्वागत मन्तव्य उपाध्यक्ष आशा राईले राखेकी थिइन् ।