धनकुटा । मानव अधिकार तथा शान्ति समाज धनकुटाको सभापतिमा हरिबहादुर लम्जेल सर्वसम्मत चयन भएका छन् । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा शनिवार सम्पन्न साधारण सभाले लम्जेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
सभाले समितिको उपसभापतिमा नर्वदा लिम्बु (याखा), सचिवमा कविता तुम्वाहाङ्ग, सह–सचिवमा रिताकुमारी ओझा, कोषाध्यक्षमा जीवनाथ ढुंगाना, सदस्यहरुमा श्यामसुन्दर सन्त, विकास श्रेष्ठ, शर्मिला लिम्बु, धन खोलाल राई र शारदा राईलाई चयन गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य तथा पर्यवेक्षक लक्ष्मीनारायण मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा समाजका पूर्वकेन्द्रिय सदस्य दिपेन्द्र राई, नेपाल ट्रेड युनियन संघ धनकुटाका अध्यक्ष विगेन्द्र याखा, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, सरस्वती मा.विका पूर्व प्रधानाध्यापक टंकवहादुर तुम्वाहाङ लगायतले मन्तव्य राखेका थिए ।
मानव अधिकार तथा शान्ति समाज धनकुटाका सभापति घनेन्द्र कुमार सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विनोद सुवेदीले गरेका थिए ।