• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

डाँडाबजारमा एकदिने कृषि प्रदर्शनी मेला

Dhankuta News by Dhankuta News
२०७९, २७ कार्तिक आईतवार २१:२८
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
डाँडाबजारमा एकदिने कृषि प्रदर्शनी मेला

धनकुटा । निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेतीमा रुपान्तरण गर्ने उद्देश्य सहित साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा एकदिने कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।

‘कृषि, पर्यटन र पूर्वाधारको विकास, साँगुरीगढीको समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ५ नं. वडा कार्यालयको आयोजनामा उक्त प्रर्दशनी मेलाको आयोजना भएको थियो ।

निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक खेतीमा रुपान्तरण गर्नका लागि कृषकलाई पे्ररित गर्ने उद्देश्यले कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको वडाध्यक्ष खड्ग थेगिम लिम्बूले वताए ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईको प्रमुख आतिथ्यमा सम्पन्न वृहत कृषि मेला प्रदर्शनीमा वोल्ने वक्ताहरुले निर्वाहमूखी र परम्परागत कृषि प्रणालीले किसानको जीवन स्तर नउठ्ने ठोकुवा गरेका छन् । उनीहरुले अवको कृषि क्रान्ति भनेको जबसम्म यान्त्रिकरण गर्न सकिन्दैन तवसम्म कृषि क्षेत्रमा आमूल परिवर्तन पनि नसकिने र किसानहरुलाई आत्मनिर्भर वनाउन पनि नसकिने वताए । गाउँपालिका अध्यक्ष रुम्दालीले भने–यस्ता खाले कृषि मेलाले गाउँगाउँमा खेतिपाती गरेर विविकापार्जन गरिहेका किसान दाजुभाई तथा दिदिवहिनीहरुलाई प्रोत्साहन मिल्ने वताए । उनले कृषि मेलालाई आगामी दिनमा पनि निरन्तरता दिन वडा कार्यालयलाई आग्रह गरे ।

कृषकको उत्पादनलाई विभिन्न विधामा राखेर पुरस्कारको लागि मूल्यांकन गरिएको थियो । कृषि उपजका विधाहरुमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन बालीलाई छुट्टाछुट्टै रुपमा प्रदर्शनीमा थियो । प्रदर्शनीमा राखिएका कृषि सामग्रीको मुल्यांकन गरि प्रथम, दोस्रो, तेस्रो, चौथो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई पुरस्कृत गरिएको थियो । कृषि मेलाको उद्घाटन साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गरेका थिए ।

गाउँ विकास कार्यक्रम सामुदायिक विकास कोषको समेत सथानिय व्यवस्थानमा सम्पन्न भएको कृषि मेला प्रदर्शनीमा तरकारी बाली १ सय ५२ प्रजाति, फफूल ५० प्रजाति, अन्नबाली १९ प्रजाति, मसला बाली २१ प्रजाति र दलहन बाली १६ प्रजातिका बालीहरु राखिएको थियो । गाउँ विकास कार्यक्रमका संयोजक भिमशंकर काफ्ले कृषि मेला प्रदर्शनीमा वडा भित्रका २ सय ५८ विभिन्न प्रजातिका ५ समुहका बालीहरु कृषकहरुले ल्याएको कृषि उपजका वस्तुहरु राखिएको वताए । कृषि प्रदर्शनीमा राखिएका उत्कृष्ठ कृषि उपजका वस्तुहरु ल्याएर सहभागिता जनाउने कृषिकहरुलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो ।

प्रमाण पत्र सहित पुरस्कृत हुनेहरुमा अन्नवाली तर्फ प्रथम हुने सोवितमान देवान, दोश्रो हुने डिल्लिश्वर विश्वकर्मा, तेश्रो हुने दीलकुमारी लिम्वु र सान्तवना सीता घिमिरे रहेका छन् । त्यसैगरी तरकारी वाली तर्फ रामकुमारी राई प्रथम, लालमाया लिम्वु दोश्रो, सीता लिम्वु तेश्रो र नरवीर वि.क.ले सान्तवना पुरस्कार पाएका छन् । मसला वाली तर्फ विक्रिम लिम्वु प्रथम, रामकुमार याखा दोश्रो, दीपा राई तेश्रो र ताराहाङ लिम्वुले सान्तवना पाएका छन् ।

दलहन वाली तर्फ भद्रिका लिम्वु प्रथम, कविराज लिम्वु दोश्रो, खेमराज लिम्वु तेश्रो र नर्वदा लिम्वुले सान्तवना पुरस्कार पाएका छन् । त्यसैगरी फलफूल बाली तर्फ तारामाया याखा प्रथम, भीमराज लिम्वु दोश्रो, माला याखा तेश्रो र नरमाया लिम्वुले सान्तवना पुस्कार पाएका छन् ।

पुरस्कृत हुनेहरुलाई गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले नगद सहित प्रमाणपत्र प्रदान गरेका छन् । हरेक विद्यामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई जनही १५ सय, १२ सय, ८ सय र ५ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी साविकको ९ वटै वडाबाट सहभागी प्रतियोगितामा सामेल नभएका उत्कृष्ठ २३ जना कृषकहरुलाई पनि सो कार्यक्रममा नगद १ हजार, ५ सयका दरले पुरस्कृत गरिएको थियो । वितरण गरिएको नगद पुरस्कारमा अनविार्य १३ प्रतिसत भ्याट कट्टा गरिएको आयोजकले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मानव अधिकार तथा शान्ति समाज धनकुटाको सभापतिमा लम्जेल

Next Post

डाँडाबजार स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मेसिन

Next Post
डाँडाबजार स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मेसिन

डाँडाबजार स्वास्थ्य चौकीमा डिजिटल एक्स–रे मेसिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..