धनकुटा । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्र्तगत धनकुटाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई निकटम प्रतिद्वन्दी सुनिलबहादुर थापा भन्दा १ हजार १ सय ३८ मतले अघि छन् । राजेन्द्र राई ५ हजार ५ सय ११ मतका साथ अघि वढ्दा गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले ४ हजार ३ सय ७३ मतले पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी १ हजार ५ सय ४३ मतका साथ तेस्रो स्थानमा छन् ।
जिल्लाको कुल ६० वडा मध्ये ११ वडाको मत गणना भइसकेको छ । अहिले महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाको विभिन्न वडाको मत गणना भइरहेको छ । ९ वडा रहेको महालक्ष्मी नगरपालिकाको १ देखि ५ वडा सम्मको मत गणना भइसकेको छ । भने चौविसेको ८ वडा मध्ये १ देखि ६ वडाको मत गणना भइसकेको छ ।
त्यस्तै प्रदेश सभाको दुई निर्वाचन क्षेत्रमा पनि नेकपा एमालेका उम्मेदवार अगाडी छन् । प्रदेश सभा क मा नेकपा एमालेका निरनकुमार राई २ हजार ९ सय ८१ मतका साथ अग्रस्थानमा छन् भने उनलाई जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार वनेका पूर्वमन्त्री रकम चेम्जोङले १ हजार ७ सय ९३ मतका साथ पछ्याइरहेका छन् । उनीहरु वीचको मतान्तर १ हजार १ सय ८८ छ । त्यस्तै गठवन्धनको तर्फबाट उम्मेदवार वनेका नेकपा एसका अर्जुन राईको १ हजार ९९ मत छ ।
प्रदेश सभा ख अन्र्तगत नेकपा एमालेका इन्द्रमणी पराजुली २ हजार ८ सय ८७ मतका साथ अग्रस्थानमा छन् भने उनलाई गठवन्धनको तर्फबाट उम्मेदवार वनेकी नेकपा माओवादी नेतृ कुसुमकुमारी श्रेष्ठले २ हजार ४६ मतले पछ्याइरहेकी छिन् । यी दुई वीचको मतान्तर ८ सय ४१ को छ ।
धनकुटामा कुल मतदाता मध्ये ५९.४० प्रतिशतले मात्रै मतदान गरेका छन् । १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको धनकुटामा ६९ हजार ४ हजार ९३ जनाले मत हालेका थिए ।