धनकुटा, ४ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा ४ जना अपांगता भएका व्यक्तीहरुलाई सहायक सामाग्री वितरण गरिएको छ ।
प्रदेश सरकार, साँगुरीगढी गाउँपालिका र करुण पाउन्डेसनको संयुक्त लगानीमा सञ्चालित अपांगता रोकथाम कार्यक्रममार्फत शारिरिक रुपमा हिडडुल गर्न कठिन भएका ४ जनालाई सहायक सामाग्री वितरण वितरण गरिएको हो ।
साँगुरीगढी गाउँपालिकाले अपांगहरुको विषयमा सर्वेक्षण गरि आएको विरण अनुसार सम्बन्धित व्यक्तिको घरैमा पुगेर सहायक सामाग्री वितरण वितरण गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
जसमा २ जनालाई ह्वील चियर र २ जनालाई बैशाखी वितरण गरिएको राईले बताए । ह्वील चियर पाउनेमा साँगुरीगढी ८ सिङकुलाकी चादनी राई, साँगुरीगढी ५ तल्लो तुङखाकी दुर्गा कुमारी याक्खा रहेका छन् भने साँगुरीगढी ५ तल्लो तुङखाका दिलिप कुमार लिम्बू र साँगुरीगढी ८ की विन्दुका गधाइलीलाई बैशाखी वितरण गरिएको थियो ।