धनकुटा । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाइते भएका साँगुरीगढी गाउँपालिका वडा नं. ७ छिनाम चोकका ३३ वर्षीय शुक्रवहादुर राईलाई गाउँपालिकाको तर्फबाट ह्वील चियर प्रदान गरिएको छ ।
शुक्रवहादुरको घरमै पुगेर गाउँपालिका अध्यक्ष जितेन्द्र राई नेतृत्वको टोलीले ह्वील चियर प्रदान गरेको हो । केहि महिनाअघि रुखवाट लडेर गम्भिर घाइते भएका उनको दुवै खुट्टामा शल्यक्रिया गरि स्टिल राखिएको छ ।
खुट्टामा स्टिल राखिएपछि हिड्डुल गर्न असहज भएको थियो । खुट्टा टेक्न हुँदैन । केही महिना आराम गर्नुपर्ने छ । तर अहिले गाउँपालिकाको तर्फबाट ह्वील चियर प्राप्त भएसँगै केही सहज भएको उनले बताए ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष राईको नेतृत्वको टोलीमा इलाका प्रहरी कार्यालय भेडेटारका असई भोलानाथ वाग्ले, महिला तथा बाल शाखा प्रमुख सृजना हिङमाङ, गोलखाडी स्वास्थ्य चौकी प्रमुख नविना कोइराला लगायत रहेका थिए ।
यसभन्दा अघि पनि साँगुरीगढी गाउँपालिकाले प्रदेश सरकार र करुणा फाउन्डेशनको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्र्तगत अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष राईले बताए ।