धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. २ बुढिमोरङमा आयोजित गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी डाँडाबजारका मणि देवान र सुशान राईको जोडिले हात पारेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा वुढिमोरङका सुरज इवाहाङ र धनबहादुर इङवाङको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गर्दै मणि र सुशानको जोडिले उपाधी हात पारेको हो । विजेता जोडीले नगद २० हजार रुपैया सँगै मेडल, ट्रफी हात पारे । उपविजेतामा सिमित सुरज र धनवहादुरको जोडीले नगद १० हजार रुपैया सँगै मेडल, ट्रफ्रीमा चित्त बुझाए ।
त्यस्तै सेमिफाइनलमा प्रवेश गरेका दुई टिमले तेस्रो स्थान हासिल गरे । तेस्रो हुनेमा जितेन्द्र राई र द्रोर्ण राईको जोडी, रितेश लिम्बु र आनन्द लिम्बुको जोडी तेस्रो भए । उनीहरुको जोडीले ५÷५ हजार रुपैया नगद सहित मेडल, ट्रफी हात प्राप्त गरे । प्रतियोगिताको अनुशासित खेलाडी मणि देवान घोषित भए ।
‘सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गाउँपालिकाको सहयोगमा साँगुरीगढी गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता संचालन समितिको आयोजनामा माघ १३ र १४ गते साँगुरीगढी गाउँपालिका वडा नं. २ वुढिमोरङको माङ्दङ्वामा प्रतियोगिता भएको थियो । प्रतियोगितामा २७ टिमको सहभागीता रहेको आयोजक समितिका सदस्य सन्देश इङ्नाम लिम्बुले बताए ।