धनकुटा । तेह्रौं राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो सहिदभूमि गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी ठाकुरदेवी माध्यमिक विद्यालयले हात पारेको छ ।
आईतबार सम्पन्न प्रतियोगितामा विभिन्न खेल विधामा सबै भन्दा बढी स्वर्ण ८ रजत १ कास्य ५ पदक जित्दै श्री ठाकुरदेवी माध्यमिक विद्यालयलले तेस्रो राष्ट्रपति रनिङ सिल्डको उपाधि हात पारेको हो ।
माघ २७ गते देखि तिन दिन सञ्चालन भएको पालिकास्तरीय छनौट प्रतियोगितामा स्वर्ण ४, रजत ११ र काश्य ३ प्राप्त गर्दै श्री पञ्चकृष्ण मावि द्वितिय र ४ स्वर्ण, ७ रजत र ५ काँस्य प्राप्त गर्दै टप्पुदेवी मावि तृतीय स्थान प्राप्त गरेको छ । प्रथम, द्वितिय र तृतिय हुने विद्यालयलाई ट्रफी, शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा पालिका भित्रका १३ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता समापन कार्यक्रम गााउपालिकाको शिक्षा अधिकृत मनोजकुमार पौडेलको अध्यक्षता एवम् सहिदभुमि गाउँपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
समापन कार्यक्रमका विशेष अतिथि गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई, वडाअध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी, कर्मचारीहरुको उपस्थिति रहेको थियो । खेलको निर्णायक भूमिकामा ऋषीराम पराजुली, जुनुमाया राई र अमित राई रहनु भएको थियो । सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो वितरण गरेका थिए । पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा पालिकाबाट छनोट भएको टिमले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउनेछन् ।