धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ मुलघाटमा जारि १४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिताको उपाधी धरान–१३ ले हात पारेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा रामलिहाङ् यूवा क्लव, टेकुनालालाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै धरान–१३ ले उपाधी जितेको हो । उपाधी सँगै धरान–१३ ले नगद ८५ हजारसँगै ट्रफी हात पार्यो भने उपविजेतामा सीमित रामलिहाङले ५४ हजार रुपैयामा चित्त बुझायो ।

अघिल्लो संस्करणको उपाधी पनि धरान–१३ नै हात पारेको थियो । प्रतियोगितामा धरान र धनकुटाका गरी २० वटा क्लवको सहभागिता रहेको थियो । शिवरात्रीको अवसर विगत १४ वर्षदेखि प्रतियोगिता संचालन हुँदै आइरहेको आयोजक तम्मर फुटवल क्लवका अध्यक्ष पुष्पराज राईले बताए ।