धनकुटा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटा प्रतिनिधि ईश्वर थापा प्रदेश नं. १ को उत्कृष्ट घोषित भएका छन् ।

काठमाडौंंमा आज आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को विमोचनको अवसरमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश नं. १ भरिका १४ जिल्लाहरुका प्रतिनिधि मध्ये धनकुटाका थापा उत्कृष्ट घोषित भएका हुन् ।
वर्ष पुस्तका लागि उत्कृष्ट अभिलेखिकरण गर्ने जिल्ला प्रतिनिधिबाट छनोट गरि इन्सेकले इन्सेकले मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा हरेक वर्ष प्रत्येक प्रदेशमा एक÷एक जना जिल्ला प्रतिनिधिलाई पुरस्कृत गर्दै आएको छ ।
धनकुटा प्रतिनिधि थापा क्रियाशील संचारकर्मी समेत हुन् । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव समेत रहेका उनी नेपाल टेलिभिजन धनकुटा संवाददाता र थाहाखबर अनलाइनमा समेत आवद्ध छन् ।