धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला कमिटी सचिवालय सदस्य मनोज रायमाझी (सन्दिप) ले पाटी परित्यागको घोषणा गरेका छन् ।
आइतवार एक विज्ञप्ती जारि गर्दै सचिवालय सदस्य रायमाझीले पार्टीमा काम गर्दै जादा नेकपाको निरन्तरताको महसुस गर्न नसकिएको भन्दै साधारण सदस्य समेत नरहने गरी नेपाल एमाले पाटी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले विज्ञप्तीमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले विच वाम गठवन्धन हुँदै पार्टी एकता भई नेकपाको विभिन्न जिम्मेवारी सम्हालेर काम गर्दै आएको र नेकपा विभाजन पश्चात नेकपाकै निरन्तरता भनिएकाले नेकपा एमाले प्रवेश गरी स्थानीय तह प्रदेश र संघको निर्वाचनमा इमान्दार पूर्वक आफ्नो भूमिका निर्वाह गरेको तर पार्टीमा काम गर्दै जाँदा नेकपाको निरन्तरताको महसुस गर्न नसकिएको उल्लेख गरेका छन् ।
उनी धनकुटा नगरपालिका वडा नं. ९ मा नेकपा एमालेबाट उम्मेदवार भई वडा सदस्यमा निर्वाचित भएका थिए ।