धनकुटा । साँगुरीगढी वडा नं. ४ फाक्सिवमा रहेको शेरमा प्राथमिक विद्यालयले आइतवार विविध कार्यक्रमको आयोजना गर्दै २७ औं वार्षिकोत्सव मनाएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए ।
कार्यक्रममा संस्थापक जग्गादाता १ कोठे भवन निर्माणकर्ता डम्बर लिम्बु, विद्यालयका संस्थापक शेरवहादुर लिम्बुको परिवारलाई र वीरवहादुर लिम्बुलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सम्मानित व्यक्तिहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न संचालित दिवा खाजा कार्यक्रममा गाउँपालिकाको तर्फवाट केही बजेट थप गरेको बताए । उनले विद्यालयको भौतिक पूर्वाधार विकासमा गाउँपालिकाले सहयोग गर्ने समेत बताए ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पूर्वशिक्षक गुरुप्रसाद लिम्बुले गरेका थिए ।